फाल्गुन १६, २०८२ शनिबार | ०९:१३:२७
ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो
शनिबारको दिन विराट कोहली

‘किङ कोहली’ को अर्को ठूलो उपलब्धि

काठमाडौं । भारतीय सुपरस्टार क्रिकेटर विराट कोहलीको मामिलामा यो कुरा ठ्याक्कै मिल्छ । उनलाई मन नपराउन सकिन्छ । तर विश्व क्रिकेटमा कोहलीलाई कसरी पो बेवास्ता गर्न सकिन्छ र ? भर्खर उनले एउटा अर्को कोसेढुंगा उपलब्धिलाई छोएका छन् । यसले प्रस्ट देखाउँछ, उनी कति धेरै उम्दा ब्याटर हुन् । एकपछि अर्को कीर्तिमान आफ्नो नाममा गर्दै आएका कोहलीले छोएको एउटा अर्को उपलब्धि हो, एकदिवसीय क्रिकेटमा १४ हजार रन ।

अहिले विश्व त्रिकेटको दोस्रो ठूलो एकदिवसीय प्रतियोगिता च्याम्पियन्स ट्रफी चलिरहेको छ । त्यसमा सबैभन्दा ठूलो ‘हाइप्रोफाइल’ को खेल भइसकेको छ । त्यो भनेको भारतविरुद्ध पाकिस्तानको खेल । त्यसमा अपेक्षाअनुसार भारत नै विजयी रह्यो । भारतले यो खेल जितेको मात्र होइन । सजिलै जितेर पाकिस्तानलाई लज्जाबोध पनि गरायो ।

अझै पनि सक्रिय रूपमा खेलिरहेका भने कोहली मात्रै हुन् । त्यसैले उनीसामु सबै प्रकारको सम्भावना खुला छ । उनले कतिबेलासम्म खेलिरहने हो भन्ने मात्रै हो ।

यो खेल अगाडि कोहलीको एकदिवसीय क्रिकेटमा १३ हजार ९८५ रन थियो । त्यसको अर्थ पाकिस्तानविरुद्ध थप १५ रन बनाएको खण्डमा उनी त्यसै पनि १४ हजार रन क्लबमा प्रवेश गर्थे । तर, उत्तिकैमा सुख मान्ने खेलाडी कहाँ हुन् र कोहली ? उनले शतक नै बनाए । उनले ठ्याक्कै सय रन बनाएर नटआउट रहे । जितका लािग उनले बाउन्ड्री पनि प्रहार गरे ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानविरुद्ध शतक प्रहार गरेपछि विराट कोहली । 

यस्तोमा अब एकदिवसीय क्रिकेटको उनको रनसंख्याले छोएको छ, १४ हजार ८५ रन । एकदिवसीय क्रिकेटको इतिहासमा उनी १४ हजार रन छुने तेस्रो ब्याटर मात्र हुन् । यसले पनि देखाउँछ यो आफैंमा कति ठूलो उपलब्धि हो । यसअघि भारतकै सचिन तेन्दुलकर र श्रीलंकाका कुमार सांगकाराले १४ हजार रनभन्दा बढी बनाएका थिए ।

तेन्दुलकर यसमा धेरै अगाडि छन् । उनले त १८ हजार ४ सय २६ रन बनाएका छन् । सांगकाराको ब्याटबाट भने १४ हजार २३४ रन निस्केको छ । त्यसैले तयजस्तै छ, ढिलोचाँडो कोहलीले सांगकारालाई पनि उछिन्ने छन् । त्यतिबेला प्रश्न बन्ने छ, के कोहलीले तेन्दुलकरलाई पनि उछिन्न सक्छन् त ?

एकदिवसीय क्रिकेटमा शतकको अर्धशतक बनाउने एकमात्र खेलाडी हुन् । बढी शतक बनाउने मामिलामा उनलाई सायदै अरूले उछिन्न सक्नेछन् । 

एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने शीर्ष पाँच ब्याटर सूची बनाउने हो भने कोहलीको पछाडि अस्ट्रेलियाका रिकी पोन्टिङ र श्रलिंकाका सनथ सजसूर्या छन् । यी सबै खेलाडीमध्ये अझै पनि सक्रिय रूपमा खेलिरहेका भने कोहली मात्रै हुन् । त्यसैले उनीसामु सबै प्रकारको सम्भावना खुला छ । उनले कतिबेलासम्म खेलिरहने हो भन्ने मात्रै हो ।

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डविरुद्धको खेलअघि अभ्यास गर्दै विराट कोहली (बायाँ) । 

कोहली एकदिवसीय त्रिकेटमा सबैभन्दा बढी शतक बनाउनेमा शीर्षमै छन् । उनले ५१ शतक बनाइसके । त्यसमध्ये अन्तिम त त्यही पाकिस्तानविरुद्धको खेलकै हो । तेन्दकुलरले भने ४९ शतक बनाएका छन् । त्यसपछि ३२ शतक बनाएका भारतकै रोहित शर्मा छन् । एक प्रकारले उनी धेरै पछाडि छन् ।यस्तोमा कोहली एकदिवसीय क्रिकेटमा शतकको अर्धशतक बनाउने एकमात्र खेलाडी हुन् । बढी शतक बनाउने मामिलामा उनलाई सायदै अरूले उछिन्न सक्नेछन् । किनभने अहिले पनि खेलिरहेका खेलाडी यो शतकको मामिलामा कोहलीभन्दा धेरै पछाडि छन् । निचोड त्यही हो, त्यसै कसैले उनलाई ‘किङ कोहली’ भनेका होइनन् ।

एकदिवसीय शृंखलामा इङ्ल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेपछि विराट कोहली ।