पुस २९, २०८१ सोमबार | २२:५५:४८
पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ
शनिबारको दिन नेपाली क्रिकेट

एनपिएलः हालसम्म प्रहार भएका अर्धशतक

काठमाडौं ।  नेपालमा यतीबेला फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिगको चर्चा चलिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत शनिबारबाट जारी प्रतियोगिताको पहिलो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धामा छन् आठ फ्रेन्चाइज टोली ।

प्रतियोगितामा सहभागिता जनाउने टोली हुन् जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्र्स, काठमाडौं गुर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स । लिग चरणको लगभग खेल सकिँदा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स अपराजित रहँदा लुम्बिनी लायन्सले जित निकाल्न सकेको छैन ।

रवि बोपाराले दुई अर्धशतक प्रहार गर्दा, मार्टिन गप्टिल, लाहिरु मिलन्था, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, शिखर धवन, लोकश बम, बेन्डन म्याकमुलन रोहितकुमार पौडेल र दिनेश खरेलको नाममा समान एक अर्धशतक छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताका ११ खेल सकिँदा १ शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

एनपिएलमा शतक प्रहार गर्ने पहिलो एक मात्र खेलाडी हुन पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौस । उनले शुक्रबार लुम्बिनीविरुद्धको खेलमा यो उपलब्धि हासिल गरेका थिए । लुम्बिनीविरुद्ध गौसले ५५ बलमा १२ चौका र ५ छक्काको मद्दतले अविजित १०४ रन प्रहा गरे  ।

यसैगरी रवि बोपाराले दुई अर्धशतक प्रहार गर्दा, मार्टिन गप्टिल, लाहिरु मिलन्था, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, शिखर धवन, लोकश बम, बेन्डन म्याकमुलन रोहितकुमार पौडेल र दिनेश खरेलको नाममा समान एक अर्धशतक छन् ।

एनपिएलमा हालसम्म प्रहार भएका अर्धशतक

रवि बोपारा (चितवन राइनोज)इङ्ल्यान्डका रवि बोपारा हालसम्म एनपिएलमा दुई अर्धशत प्रहा गर्ने एक मात्र खेलाडी हुन् । बोपाराले पोखरा एभेन्जर्स र कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । 

उनले पोखराविरुद्ध ३८ बलमा सामन तीन छक्का र चौकाको मद्दतले ५१ रन बनाए । यसैगरी बोपाराले कर्णालीविरुद्ध ४० बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५९ रन बनाए ।

मार्टिन गप्टिल (विराटनगर किंग्स) 

जनकपुरविरुद्ध ब्याटिङ गर्दै मार्टिन गप्टिल ।

प्रतियोगिताको पहिलो अर्धशतक निस्किएको थियो मार्टिन गप्टिलको ब्याटबाट । न्युजिल्यान्डका गप्टिलले विराटनगर किंग्सका लागि जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको मद्दतले ५५ रन बनाएका थिए ।

लाहिरु मिलन्था (जनकपुर बोल्ट्स)

श्रीलंकन मुलका अमेरिकी खेलाडी लाहिरु मिलान्थाले पनि जनकपुर बोल्ट्सका लागि विराटनग किंग्सविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए । उद्घाटन खेलमा मिलन्था ५३ बलमा ९ चौका र तीन छक्काको मद्दतले ७५ रनमा अविजित रहे ।

निलकुमार साह(जनकपुर बोल्ट्स)जनकपुरका कप्तान अनिलकुमार साह एनपिएलमा अर्धशत प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले कर्णाली याक्सविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । अनिल ४२ बलमा ६ चौका र तीन छक्काको मद्दतले ६२ रनमा अविजित रहे ।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका गरेका थिए । ५७ रनमा अविजित रहेका दीपेन्द्रले २४ बलको सामना गर्दै पाँच छक्का र  तीन चौका प्रहार गरे ।

शिखर धवन (कर्णाली याक्स)

काठमाडौंविरुद्ध अर्धशतक प्रहार गरेपछि शिखर धवन 

एनपिएलका सबैभन्दा ठूला स्टार शिखर धवनले कर्णाली याक्सका लागि  काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।  भारतीय खेलाडी धवनले ५१ बलमा पाँच छक्का र चार चौकाको मद्दतले अविजित ७२ रन बनाए ।

लोकेश बम (विराटनगर किंग्स) 

लोकेश बमले लुम्बिनी लायन्सविरुद्ध अर्धशक प्रहार गरेका थिए । विराटनगर किंग्सका लोकेशले ४७ बलको सामना गर्दै सात छक्का र  तीन चौकाको मद्दतले ७५ रन बनाए

ब्रेन्डन म्याकमुलन (सुदूरपश्चिम रोयल्स) 

स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले सुदूरपश्चिम रोयल्सका लागि काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए म्याकमुलनले ३९ बलमा चार छक्का र तीन चौकाको मद्दतले ५३ रन बनाए ।

रोहितकुमार पौडेल (लुम्बिनी लायन्स)

पोखराविरुद्ध अर्धशतक प्रहार गरेपछि रोहितकुमार पौडेल ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशक प्रहा गरेका थिए । शतक नजिक पुगेका रोहित ५९ बलमा १० चौका र चार छक्काको मद्दले ९५ रन बनाएर पेभेलियन फिर्किए ।

दिनेश खरेल (पोखरा एभेन्जर्स) 

पोखरा एभेन्र्ससका दिनेश खरेलले लुम्बिनी लायन्सविरद्ध अर्धशतक प्रहार गरेका थिए । उनले ४६ बलमा सामान चार चौका र छक्काको मद्दतले अविजित ६१ रन बनाए ।