चैत्र १९, २०८१ मंगलबार | ०६:२६:३२
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती
शनिबारको दिन नेपाली क्रिकेट

लोकप्रिय ‘गब्बर’ कीर्तिपुरको मैदानमा

काठमाडौं । एकजना खेलाडी किन यति धेरै लोकप्रिय हुन्छन् ? दर्शक किन उनीहरूको खेल हेर्न मैदान ओर्लिन्छन् ? सायद भारतीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शिखर धवनलाई पनि यो प्रश्न खेल्दो हो ।

गत सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणअन्तर्गत नेपाली फ्रेन्चाइज टोली कर्णाली याक्सको जर्सीमा कीर्तिपुरस्थित त्रिवि मैदान उत्रिएका धवनले करिब ९ हजार हाराहारी नेपाली दर्शकबाट न्यानो स्वागत पाए ।

दर्शकदीर्घाबाट एउटै आवाज गुन्जिरह्यो, गब्बर ! गब्बर ! । उदाउँदै गरेको नेपाली क्रिकेटमा यसरी बाक्लो उपस्थितिमा दर्शक मैदानमा ओर्लिनु नौलो कुरा रहेन । तर, सोमबारको भीड केही खास थियो ।

उनीहरू टेलिभिजनमा देखिरहेका धवनलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न आएका थिए । दुई दिनअघि मात्र उद्घाटन खेलमा धवनलाई नेपाल क्रिकेट संघले त्रिवि मैदानमा दर्शकसामु प्रस्तुत गरिसकेका थिए । अब पालो थियो, धवनले कसरी ब्याट चलाउँछ भन्ने । अन्ततः करिब एक महिना लामो चलेको हल्लापछि दर्शकले गब्बरको ब्याटबाट निस्केको चौका, छक्काको आवाज सुन्न पाए । हिजो शुक्रबारसम्म धवनले कर्णालीका लागि तीन खेल खेलिसकेका छन् । आज शनिबार धवन यो संस्करणको एनपिएलमा अन्तिम पटक कीर्तिपुर मैदान उत्रँदै छन् ।

तीन महिना भयो, भारतीय क्रिकेट टोलीका पूर्वओपनर धवनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको । दिल्लीबाट सुरु भएको धवनको क्रिकेट करियरको लोकप्रियता अहिले काठमाडौंसम्म आइपुग्दा पनि अझै उस्तै छ । 

धवन अबकन संस्करणमा फ्रेन्चाइज क्रिकेट खेल्न नेपाल फर्किने छन् या छैनन्, त्यो त भविष्यले भन्ने छ । तर, चार खेलका लागि मात्र काठमाडौं आएका धवनलाई यो वर्ष अन्तिम पटक हेर्न शनिबार समर्थकको फेरि पनि बाक्लो रूपमा उपस्थितिको अनुमान गर्न सकिन्छ ।

खासमा धवन को हुन् ? किन समर्थकको मुखमा गब्बर ! गब्बर ! मात्रै छ ? भारतीय क्रिकेटरप्रति नेपाली समर्थकको यति धेरै माया र सम्मान किन ? एनपिएल खेल्न काठमाडौं आउने धवन एक्ला प्रख्यात नाम पक्कै होइनन् ।

त्रिभुवन अन्तर्राष्टिय विमान स्थानमा शिखर धवन, तस्विर सरोज सापकोट/ खेलाडी । 

तीन महिना भयो, भारतीय क्रिकेट टोलीका पूर्वओपनर धवनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको । दिल्लीबाट सुरु भएको धवनको क्रिकेट करियरको लोकप्रियता अहिले काठमाडौंसम्म आइपुग्दा पनि अझै उस्तै छ । यो लामो क्रिकेट यात्रामा धवनले विभिन्न उतारचढाव भोगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १४ वर्ष बिताए । क्रिकेटको महारथी भारतमा ओपनरका रूपमा करिब एक दशक टोलीमा स्थान बनाउनु चानचुने कुरा थिएन । पछिल्लो दुई वर्षयता भने उनी टोली बाहिर रहँदै आएका थिए ।

‘गब्बर’को उपनामबाट विश्व क्रिकेटमा प्रख्यात हुनेदेखि अन्तर्राष्ट्रिय खेलहरू र इन्डियन प्रिमियर लिगमा त्यो ट्रेडमार्क ‘थाइ सेलेब्रेसन’, धवनले आफ्नो विश्व क्रिकेटमा बलियो उपस्थिति दिएका छन् ।

१४ मार्च- आइएस विन्द्रा रंगशाला, अवसर थियो अस्ट्रेलियाविरूद्धको टेस्ट शृंखलाको तेस्रो खेल । मोहालीमा डेब्यू खेल खेलिरहेका धवनले पहिलो अवसरमै शतक प्रहार गरे । १७४ बलमा १८७ रन जोड्दै पेभेलियन फर्कनुअघि धवनले अर्का ओपनर मुरली विजयसँग २८९ रनको साझेदारी गरे ।

धवनले २०१० मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा सिनियर टोलीबाट डेब्यू गरेका थिए । विशाकापट्टनममा भएको शृंखलाको दोस्रो खेलमा धवनले पहिलो पटक सिनियर राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । तर, उनी पहिलो अन्तर्राष्ट्रिय खेल बिर्सनलायक रह्यो । भारत ५ विकेटले विजयी रहेको खेलमा धवन खाता नै नखोली पेभेलियन जान बाध्य भएका थिए ।

मात्र दुई बलको सामना गरेका धवनलाई तीव्र गतिका बलर क्लिन्ट म्याकेले क्लिन बोल्ड गरेका थिए । २९० रनको लक्ष्य पछ्याइरहेको भारतले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाउँदा घरेलु समर्थक एकछिन मौन भएका थिए ।

धवनले त्यसपछि १६६ एकदिवसीय, ३४ टेस्ट र ६८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन । अनि संन्यास लिने बेलासम्म आधुनिक क्रिकेटका उत्कृष्ट ओपनरका रूपमा आफूलाई स्थापित गरे ।

समर्थकसँग जोडिन धवनले तीन वर्ष कुनुपर्यो । सन २०१३ मा पहिलो पटक धवन आफ्नो ट्रेडमार्क सेलेब्रेसनका कारण समर्थकसँग जोडिन पुगेका थिए । १४ मार्च- आइएस विन्द्रा रंगशाला, अवसर थियो अस्ट्रेलियाविरूद्धको टेस्ट शृंखलाको तेस्रो खेल । मोहालीमा डेब्यू खेल खेलिरहेका धवनले पहिलो अवसरमै शतक प्रहार गरे । १७४ बलमा १८७ रन जोड्दै पेभेलियन फर्कनुअघि धवनले अर्का ओपनर मुरली विजयसँग २८९ रनको साझेदारी गरे ।

त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्दै शिखर धवन, तस्विर सरोज सापकोटा/ खेलाडी । 

धवनले खेलको दोस्रो इनिङ्समा ब्याटिङ गर्ने अवसर पाएनन् । चार खेलको शृंखलामा भारतले क्लिन स्विप गरेको थियो । धवनले एउटै मात्र इनिङ्स खेले । शतकपछि धवनले थाइ सेलेब्रेसन गरेका थिए । त्यही खेलपछि उनी सबैको प्यारो बने । समर्थकसँग नजिक हुने मौका त्यही खेलबाट भएको हो । धवनलाई त्यसपछि पूर्वओपनर तथा कप्तान सौरभ गांगुलीको स्थायी प्रतिस्थापनका रूपमा पनि हेर्न थालियो ।

धवन राष्ट्रका लागि गरेको योगदानका कारण मात्र लोकप्रिय भएका होइनन् । उनीमा साँच्चै केही खास छ । आफ्नो करिअरको उच्चतम वर्षहरूमा उनी आफ्नो लामो जुंगाका कारण पनि चर्चामा रहे । 

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनुअघिसम्म धवनले १६७ एकदिवसीय खेल खेल्दा ६ हजार ७ सय ९३ रन बनाए । जसमा १७ शतक र ३९ अर्धशतक समावेश छन् । ट्वान्टी-२० मा ६८ अन्तर्राष्ट्रिय खेल खेल्दा धवनले १ हजार ७ सय ५९ रन बनाए । जसमा ११ अर्धशतक समावेश छ । उनले ३४ टेस्ट खेल्दा २ हजार ३ सय १५ रन बनाए । टेस्टमा उनको नाममा ७ शतक र ५ अर्धशतक छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २०१३ मा च्याम्पियन्स ट्रफी र २०१८ मा एसीसी एसिया कपको उपाधि जिते । उमेर समूहअन्तर्गत बंगलादेशमा भएको यु-१९ एकदिवसीय विश्वकपमा गब्बरले तहल्का नै मच्चाएका थिए । भारत च्याम्पियन त बन्न सकेन । तर, धवन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । धवनले प्रतियोगितामा सर्वाधिक ५०५ रन बनाएका थिए । यही संस्करणमा त हो, शक्ति गौचनको कप्तानीमा रहेको नेपाली टोलीले दक्षिण अफ्रिका जस्तो बलियो देशलाई पराजित गरेको । २०१६ मा सनराइजर्स हैदराबादबाट धवनले आइपिएल पनि जितेका छन् ।

एनपिएलमा चितवविरुद्धको खेलका क्रममा शिखर धवन, तस्विर सरोज सापकोटा/ खेलाडी । 

धवन राष्ट्रका लागि गरेको योगदानका कारण मात्र लोकप्रिय भएका होइनन् । उनीमा साँच्चै केही खास छ । आफ्नो करिअरको उच्चतम वर्षहरूमा उनी आफ्नो लामो जुंगाका कारण पनि चर्चामा रहे । पछिल्ला केही वर्ष उनी क्रिकेटबाहेक आफ्नो वैवाहिक जीवनका कारण चर्चामा रहे ।

धवनको व्यक्तित्व नै त्यस्तो छ कि यसले जोकोहीलाई पनि प्रभाव पार्न सक्छ । त्यही कारण हो, उनी सबैमाझ लोकप्रिय बनेको । सायद त्यसैले हो, उनलाई हेर्न नेपाली समर्थक लालयित भएको । एनपिएलको बाँकी खेलमा सम्पूर्ण क्रिकेटप्रेमी नेपाली दर्शकले धवनलाई ‘मिस’ गर्नेछ ।