चैत्र ११, २०८२ बुधबार | ०१:४७:५२
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन नेपाली क्रिकेट

मुहार फेरिएको कीर्तिपुर मैदानमा के के थपियो ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु हुँदै छ । पुस ६ सम्म चल्ने यस फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि मैदानले नयाँ स्वरुप पाएको छ । एनपीएलकै लागि नेपाल क्रिकेट संघ (क्यान) ले ६ महिनायता मैदानको मुहार फेर्ने काम गरेको थियो ।  

दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउनुका साथै एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्तीहरूविरुद्ध सानदार प्रदर्शन गरेको नेपालले सन २०२७ सम्म एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता जोगाएपछि विश्व क्रिकेटमा नेपालको चर्चा उत्कर्षमा रह्यो ।

क्यानकै आयोजनामा पहिलो पटक हुन लागेको एनपिएलले नेपाली क्रिकेटको चर्चा विश्वव्यापी थप उचाइमा पुर्याउने विश्वास लिइएको छ । त्यसैले क्यानले आफ्नो बलबुताले भ्याएसम्म प्रतियोगिताको आयोजनास्थल त्रिवि मैदान सिंगार्ने काममा गति दिएको हो ।  

सधैंभन्दा फरक स्वभाव प्रस्तुत गर्ने अपेक्षा गरिएको सबै पिचले एनपिएलको पहिलो संस्करणमा खेलाडीको परीक्षण गर्नेछ ।

देशमा १० भन्दा बढी क्रिकेट रंगशाला भए पनि ठूला प्रतियोगिता आयोजना गर्ने क्षमता कीर्तिपुर मैदानसँग मात्र छ ।

मूलपानीका दुवै रंगशालासँगै पोखरा क्रिकेट रंगशाला, दाङ देउखुरीमा रहेको रंगशालाको संरचना तयार गर्न समय लाग्ने देखिएपछि क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग सहकार्य गर्दै कीर्तिपुर मैदानमै सुविधा थप्ने प्रयासले राम्रो आकार लिइसकेको छ ।

मैदानमा थपिएको नयाँ पूर्वाधार भनेको स्कोरबोर्ड हो । यसअघि म्यानुअल स्कोरबोर्डबाट थेगिएको कीर्तिपुरको क्रिकेटमा यसपालि डिजिटल स्कोरबोर्ड देख्न पाइने छ ।

क्यानले चोभार एन्डपट्टि दुई तलाको भवन बनाएको छ । त्यसकै छतमा डिजिटल स्कोरबोर्ड राखिएको छ । मैदान पुनर्निर्माणको क्रममा क्यानले पुरानो पिच भत्काएर नयाँ ८ वटा पिच बनाएको छ ।

सधैंभन्दा फरक स्वभाव प्रस्तुत गर्ने अपेक्षा गरिएको सबै पिचले एनपिएलको पहिलो संस्करणमा खेलाडीको परीक्षण गर्नेछ । ‘पिच नयाँ छ । केही दबाब पनि छ तर, हामी चाँडै त्यो पिचमा घुलमिल हुन्छौं,’ सुदूरपश्चिम रोयल्सका अनुभवी खेलाडी विनोद भण्डारी बताउँछन् ।

बाउन्ड्री लाइनको आकार पनि बढाइएको छ । यसअघि मैदानमै राखिएको तारबार यसपालि दर्शक बस्ने स्थानमा स्थानान्तरण गरिएको छ । दर्शक बस्ने स्थानलाई चार समूहमा विभाजन गरिएको छ । यसअघि त्यही दुबो रहेको चौरमा दर्शकलाई जहाँ पनि बस्न पाउने सुविधा थियो । अहिले जोनअनुसार बस्नुपर्नेछ ।

अस्थायी भिआइपी प्यारापिट, तस्विरः सरोज सापकोटा / खेलाडी । 

यसअघि मिडिया बस्दै आएको पश्चिमतर्फको स्थानमा अस्थायी भिआइपी प्यारापिट तयार पारिएको छ । पूर्वतर्फ पनि अस्थायी प्यारापिट बनाइएको छ । दुवै स्थानमा गरी १ हजारबढी सिट जडान गरिएको छ । क्यानले पहिलो पटक मैदानमा प्यारापिट बनाएको हो ।

यसअघि तत्कालीन भिभिआइपी स्थानमा मिडिया पुर्याइएको छ ।

दुवैतर्फको साइड स्क्रिन पनि फरक बनाएको छ । यो अस्थायी छ । यसलाई पिचअनुसार सहजै सार्न पनि सकिन्छ । 

रंगशालाको मुलगेटबाट छिर्नेबित्तिकैको भवनमा भिआइपी बस्ने व्यवस्था गरिनेछ । जहाँ एसी जडान कार्य अन्तिम चरणमा छ । यो भवनसँगै रहेको खुला स्थानमा क्यानले अस्थायी भवन बनाउँदै छ । जहाँ ८ फ्रेन्चाइज टिमका मालिक रहनेछन् । यहाँ प्रयोग भएका सामान मूलपानीमा सार्न सकिने क्यानको योजना छ ।

मैदानको पूर्वपट्टि रहेको तत्कालीन अम्पायर बक्सको छतमा पनि भिभिआइपी स्थल बनाउने योजनामा क्यान छ । अहिले यो भवनलाई प्रतियोगिता आयोजक कमिटीको कार्यस्थान बनाइएको छ । अम्पायर बक्सलाई स्कोरबोर्डमुनि सारिएको छ ।

स्कोर बोर्ड, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

प्रधानमन्त्रीले ३०० दिनभित्र जडान गरिसक्ने घोषणा गरेको फ्लडलाइट भने एनपिएलमा हुने छैन । सरकारी खरिद प्रक्रिया नमिल्दा फ्लडलाइट जडान गर्न नसकिएको क्यानको भनाइ छ । 

सरकारले तोकेको आवश्यक मापदण्ड विपरीत गराउन खोजेको टेण्डर प्रक्रिया राखेपको सम्बन्धित विभागले अस्वीकार गरेपछि तत्काल फ्लडलाइट जडान हुने सम्भावना छैन ।

दुवैतर्फको साइड स्क्रिन पनि फरक बनाएको छ । यो अस्थायी छ । यसलाई पिचअनुसार सहजै सार्न पनि सकिन्छ । दुवै साइड स्क्रिनमुनि डिजिटल रनिङ बोर्ड राखिएको छ ।