पुस १५, २०८२ बुधबार | १८:५३:४९
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन जोए रुट

तेन्दुलकरलाई पछ्याउँदै रुट

काठमाडौं । सचिन तेन्दुलकर भनेपछि हाम्रासामु ठ्याक्कै अगाडि आउने दृश्य हो, कीर्तिमानमाथि कीर्तिमान । भारतका यी पूर्व खेलाडीले खेल्न छाड्न अगाडि ती सबै ठुल्ठूला कीर्तिमान आफ्नो नाममा लेखाए, जसलाई त्यही बेला भनिएको थियो, अब यिनीहरूचाहिँ तोडिने छैन । त्यसमै एउटो कीर्तिमान थियो टेस्ट क्रिकेटमा सर्वाधिक रनको । तेन्दुलकरले भारतका लागि २ सय टेस्ट खेलेर बनाए १५ हजार ९ सय २१ रन । सबैभन्दा बढी रन बनाउने सूचीको शीर्ष पाँचमा सबै पूर्व खेलाडीमात्रै छन् ।

जस्तो, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतकै राहुल द्रविड अनि इङ्ल्यान्डका एलिस्टर कुक । पोन्टिङको नाममा १३ हजार ३ सय ७८ रन छ । छैटौं स्थानमा त्यस्तो खेलाडीको नाम आउँछ, जसले अहिले पनि खेलिरहेका छन् ।

यस्तोमा अब विस्तारै विश्व क्रिकेटका केही तप्काले प्रश्न गर्न थालेका छन् । कतै यिनै रुटले तेन्दुलकरलाई उछिन्ने त होइनन् ? 

खेलिरहेका मात्र छैनन्, मज्जैले खेलिरहेका छन्भन्दा हुन्छ । उनी हुन्, जो रुट । इङ्ल्यान्डका यी खेलाडीले भर्खर सकिएको श्रीलंकाविरुद्धको तीन टेस्ट शृंखलामा ब्याटबाट उच्च दर्जाको प्रदर्शन गरेका थिए ।

यस्तोमा अब विस्तारै विश्व क्रिकेटका केही तप्काले प्रश्न गर्न थालेका छन् । कतै यिनै रुटले तेन्दुलकरलाई उछिन्ने त होइनन् ? मध्यक्रमका रुटले अहिलेसम्म १ सय ४६ टेस्ट खेलिसकेका छन् । र, उनले बनाएको रनसंख्या हो, १२ हजार ४ सय २ । तेन्दुलकरभन्दा उनी ३ हजार ५ सय १९ रनले मात्र पछाडि छन् । पोन्टिङभन्दा भने ९ सय ७७ रनले मात्रै पछाडि । एउटा तथ्य त निश्चित नै छ । अबको एक दुई वर्ष जतिको समयमा उनले पोन्टिङलाई त उछिन्ने छन् ।

त्यसको अर्थ रुटले कालिस, द्रविड र कुकलाई पनि मज्जाले उछिन्ने छन् । के रुटले तेन्दुलकरलाई छुन सक्ने छन् त ? सायद । सम्भावना छ । यो सम्भावना नकार्न सकिन्न । अहिले रुट कति धेरै लयमा छन् भने उनी पछिल्लो केही समययता प्रतिटेस्ट ९० भन्दा माथि रन बनाइरहेका छन् । 

इङ्ल्यान्डको बढी रुचि टेस्ट क्रिकेटमै छ, त्यसैले उनले धेरै संख्यामा टेस्ट क्रिकेट खेल्छ । अबको ४–५ वर्ष रुटले नियमित रूपमा टेस्ट क्रिकेट खेल्ने हो भने ४० खेल सम्भव पनि देखिन्छ । 

रुटले यही गतिमा रन बनाउने हो भने थप ४० जति टेस्ट खेल्ने हो भने तेन्दुलकरको कीर्तिमान धेरै टाढा पनि देखिन्न । तर, सबैलाई थाहा छ, यो काम सजिलो छैन ।

इङ्ल्यान्डको बढी रुचि टेस्ट क्रिकेटमै छ, त्यसैले उनले धेरै संख्यामा टेस्ट क्रिकेट खेल्छ । अबको ४–५ वर्ष रुटले नियमित रूपमा टेस्ट क्रिकेट खेल्ने हो भने ४० खेल सम्भव पनि देखिन्छ । रुट फेरि ३३ वर्ष र केही महिनाको भए । एक त उनलाई उमेरको कुनै समस्या छैन । अनि इङ्लिस टेस्ट टिममा उनलाई आफ्नो स्थान गुम्ने चिन्ता पनि छैन । हो, रुटले ब्याटबाट आफ्नो लय भने गुमाउनुहुन्न, मज्जाले खेलिरहनुपर्छ ।

यही विषयमा उनको भनाइ के छ त ? रुट यो मामिलामा कूटनीतिक उत्तर दिन्छन् । यो स्वभाविक पनि छ । उनको भनाइ थियो, ‘मेरो ध्यान कीर्तिमानतिर छैन । मेरो उद्देश्य इङ्ल्यान्डका लागि राम्रो गर्नु मात्र हो ।’

आखिरमा कोही पनि खेलाडीले ठुल्ठूला दाबी गर्ने गर्दैनन् । यो पनि निश्चित छ, उनको एउटा नजर तेन्दुलकरको कीर्तिमान छ । अबका केही वर्ष टेस्ट क्रिकेट यही एउटा कुरामा रोमाञ्चक हुनेछ । के साँच्चै रुटले तेन्दुलकरलाई छुने त होइन, प्रदर्शनको मामिलामा ?