आश्विन १९, २०८१ शनिबार | १०:०५:३१
टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग संकटाविरुद्ध पुलिसको रोमाञ्चक जित टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग संकटाविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन नेपाली क्रिकेट

विनयराज पाण्डेः नेपाली क्रिकेटका सच्चा सारथि

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाली क्रिकेटका अभिभावक विनयराज पाण्डेलाई सम्मान गरेको छ । विनयराज पाण्डे अर्थात नेपाली क्रिकेटको विगत र वर्तमानका सारथि ।

नेपाली क्रिकेट पछ्याउनेका लागि पाण्डे एक पूर्वक्रिकेटर अनि नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष हुन् । तर, जतिले क्रिकेटलाई नजिकबाट बुझेका छन्, इतिहासका पानाहरू पल्टाएका छन्, तिनीहरूका लागि उनको परिचय योभन्दा बढी छ ।

विनयराजले जाने बुझेको भनेको यही क्रिकेट नै हो । हुन त उनले किशोरावस्थामा क्रिकेटबाहेक अन्य खेल नखेलेको होइनन् । उनी क्रिकेटभन्दा अघि ब्याडमिन्टन खेल्थे । ब्याडमिन्टनमा उनी असाधारण नै थिए । आफू पढेको त्रि–चन्द्र क्याम्पसमा उनी तीनै विधा (सिंगल, डबल्स र मिक्स डबल्स)मा च्याम्पियन थिए । यतिमात्र कहाँ हो र । एक पटक ब्याडमिन्टन राष्ट्रिय टोलीको व्यवस्थापक बनेर चीन र जापान नै पनि पुगे उनी ।

यो एलिटहरूले खेल्ने खेललाई सर्वसाधारण सम्म पुर्याउने व्यक्ति हुन् पाण्डे । नेपालले भर्खरै मात्र ऐतिहासिक रूपमा दोस्रो पटक आइसिसी ट्वान्टी–२० विश्वकप खेल्यो ।

क्रिकेट खेल नेपालमा १९९७ सालबाटै सुरु भएको इतिहासबाट भेटिन्छ । २००४ सालमा त्रियोगीनाथ उप्रेतीको अध्यक्षतामा नेपालमा क्रिकेट संघ गठन भएको थियो । त्यतिबेला क्रिकेट खेल हुनेखानेले मात्र खेल्थे । तिनै व्यक्तिहरू जसले बाहिर पढ्न जाने हैसियत राख्थे । क्रिकेट खेल नै त्यस्तै छ, अरू खेलको तुलनामा महँगो । झन् ७-८ दशक अघि त आम मानिसले यो खेल खेल्न सक्ने कुरै रहेन ।

यो एलिटहरूले खेल्ने खेललाई सर्वसाधारण सम्म पुर्याउने व्यक्ति हुन् पाण्डे । नेपालले भर्खरै मात्र ऐतिहासिक रूपमा दोस्रो पटक आइसिसी ट्वान्टी–२० विश्वकप खेल्यो ।

अहिले नेपाल एसोसिएट राष्ट्रको शीर्ष पाँचभित्र पर्ने क्रिकेट टोली हो । एलिटबाट आम जनमानस र उनीहरूले टेलिभिजनमा देखेको सपना पूरा गर्ने व्यक्ति हुन् पाण्डे । नेपाली क्रिकेटको जग हाल्ने डकर्मीभन्दा उनको परिचयले अझ बढी सार्थकता पाउँछ ।

खेलाडी स्तरमा उनले पाएका उपलब्धि, उनले हानेका चौका छक्का र लिएका विकेटको लेखाजोखा गर्न अहिले हामीसँग यकिन तथ्यांक छैन । हुन पनि उनको पालामा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि कहाँ हुन्थ्यो र ? अनि अहिलेको जस्तो घरेलु प्रतियोगिताको तथ्यांक राख्ने चलन पनि त थिएन ।

जेहोस, मध्यक्रममा ब्याट्सम्यान उनको बलिङमा पनि खुबी थियो । उनको खेल देखेकाहरू उनलाई राम्रो मध्यम गतिका खेलाडी पनि मान्छन् ।

नेतृत्वमा आएपछि टुँडिखेलमा पाण्डेसहितको टोलीले हरेक वर्ष विष्णु ट्रफी र मदन स्मृति प्रतियोगिता आयोजना गर्न थाल्यो । सम्भवतः नेपाली क्रिकेटको आधिकारिक सुरुआत यहींबाट भएको थियो ।

उनी त्यति बेलाका खेलाडी थिए, जतिबेला काठमाडौंमा ६–७ वटा क्रिकेट क्लब खुलेका थिए । कुरा हो, २०२१ सालतिरको । त्यति बेला नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव थिए सुशीलशम्शेर राणा ।

क्रिकेट संघका अध्यक्ष जयकुमार नाथ शाहले क्रिकेटलाई सक्रिय बनाउन पहल थालेका थिए । कसरी त ? उनले संघमा सक्रिय खेलाडीलाई छानेर विभिन्न जिम्मेवारी दिए । तारिणीविक्रम शाहलाई उपाध्यक्ष र प्रतापविक्रम शाहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो । पाण्डेले भने सचिवको जिम्मेवारी पाए । जतिबेला उनीमात्र १९ वर्षका थिए ।

नेतृत्वमा आएपछि टुँडिखेलमा पाण्डेसहितको टोलीले हरेक वर्ष विष्णु ट्रफी र मदन स्मृति प्रतियोगिता आयोजना गर्न थाल्यो । सम्भवतः नेपाली क्रिकेटको आधिकारिक सुरुआत यहींबाट भएको थियो । यस प्रतियोगिताको सुरुआती वर्षहरूमा भारतीय दूतावास, जयकुमार नाथ शाहको वानम्यान वाइएमसिसी, एमेचर्स क्रिकेट क्लब, काठमाडौं खेलमण्डल र जेन्टलम्यान क्रिकेट क्लबले प्रतिस्पर्धा गरेका थिए । यी दुई प्रतियोगिताले नेपाली क्रिकेटमा छुट्टै महत्व बोकेको छ अनि योसँग रमाइलो किस्सा पनि जोडिएको छ ।

लाइफ टाइम एचिभमेन्ट अवार्डका साथ विनयराज पाण्डे । 

क्यान नेतृत्वले त्यतिबेला प्रतियोगिता आयोजना हुनुभन्दा अघिल्लो दिन सडक विभागबाट रोलर लगेर पिच पेल्न लगाएको थियो । मैदान तयार भएपछि पिचमा म्याट लगाइन्थ्यो । जाने बुझेका खेलाडीहरू आफैं अम्पायरको भूमिकामा बस्थे । क्रिकेट खेल्ने धेरैजना खेलाडी आफ्नै पेसा-व्यवसायमा सक्रिय थिए । फुर्सदको समयमा क्रिकेट खेल्ने मोहले यी खेलाडीलाई जोडेको थियो ।

ब्याट, प्याडलगायत उपकरण महँगो हुने भएकाले पनि धेरैले क्रिकेटमा चासो देखाउँदैनथे । जाडोको समयमा धेरै प्रतियोगिताहरू हुन्थे । अनि हाँसोउठ्दो कुरा के पनि छ भने टोलीमा ११ जना नपुग्ने भएपछि दर्शकलाई नै फिल्डर राख्ने गरिन्थ्यो । यो सिलसिला वर्षौं वर्षसम्म चल्यो ।

अर्को रमाइलो किस्सा सम्झँदा पाण्डे आज पनि मज्जाले मुस्कुराउँछन् । उनले केही समयअघि खेलाडी डटकममा ४१ वर्षअघिको किस्सा सुनाएका थिए । ‘पोखरामा क्रिकेट प्रतियोगिता गर्ने भयो । प्रतियोगिता हुनु तीन दिनअघि म काठमाडौंबाट पोखरा पुगें । तर, त्यहाँ त अलकत्रा बिछ्याएर पिच बनाइरहेको रहेछ । मैले तुरुन्तै त्यसलाई हटाउन लगाएँ,’ पाण्डे सम्झन्छन्, ‘सुरुआती दिनमा मानिसलाई क्रिकेटबारे बुझाउन निकै मिहिनेत गनुपरेको थियो ।’

त्यही बेला अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले टुँडिखेलमा पिच बनाउँदा आपत्ति व्यक्त गरेका थिए । पछि पाण्डे र थापाको झगडा नै परेको थियो ।

सन् १९८४ ताका जयकुमार नाथ साहले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)मा नेपाल क्रिकेटबारे जानकारी गराएका थिए । त्यसको दुई वर्षपछि मान्यता दिन र नेपालको अवस्था बुझ्न आइसिसीको टोली नेपाल आएको थियो । त्यति बेला क्यानले रामेश्वर स्मृति क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । आइसिसीले अवलोकन गर्ने भएपछि पिच स्तरीय बनाउनुपर्ने अवस्था थियो ।

त्यही बेला अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले टुँडिखेलमा पिच बनाउँदा आपत्ति व्यक्त गरेका थिए । पछि पाण्डे र थापाको झगडा नै परेको थियो । थापा मैदान बिग्रन्छ भनेर चिन्तित थिए । पछि पाण्डेको क्रिकेट मोह र क्रिकेटलाई माथि उकास्नुपर्छ भन्ने अठोटसामु थापाको केही लागेन । अन्ततः पिच बन्यो ।

आइसिसीले अवलोकन गर्यो । १९८८ मा नेपालले मान्यता पायो । त्यसको दुई वर्षपछि पाण्डेकै पहलमा आइसिसीको एसोसिएट मान्यता पनि पाएको थियो । यसका लागि १९९० मा पाण्डे सचिवको हैसियतमा दुबईमा भएको एसियाली क्रिकेट परिषद (एसिसी) बैठकमा सहभागिता जनाएका थिए ।

एसोसिएटको मान्यता पाएपछि पाण्डेले नेपालमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाउनुपर्ने कुरामा जोड दिए । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) र भारतीय क्रिकेट टोलीको प्रायोजक जी टिभीको सहयोगमा सन १९९२ तिर त्रिवि क्रिकेट मैदान तयार भयो ।

तत्कालीन उपकुलपति मंगलसिद्धि मानन्धरले लिजमा यो मैदान ५ वर्षका लागि उपलब्ध गराएको थियो । यसको केही वर्षभित्रै क्रिकेट संघले भक्तपुरस्थित सैनिक आवासीय मावि, जावलाखेलको सेन्ट जेभियर्स र पुल्चोकको इन्जिनियरिङ कलेजमा पनि मैदान बनायो ।

पाण्डे धेरै बोल्दैनन् । बोले पनि सानो स्वरले बोल्छन् । तर, बोली सानो भए पनि अध्यक्षको हैसियतमा उनी नेपाली क्रिकेटलाई थप बलियो बनाउने कुरामा आत्मविश्वासी रहे ।

एसिसीको आधिकारिक मान्यता पाएपछि संघ ६ वार्षसम्म त्यही ४-५ जनाको कमिटीमा चल्यो । आइसिसीको सदस्य भएपछि पदाधिकारीले अब क्यानमा चुनाव हुनुपर्छ भन्ने सर्त राखे । त्यसपछि २००६ मा चार दशक सचिवको जिम्मेवारी निभाएका पाण्डे अध्यक्षमा निर्वाचित भए ।

पाण्डे धेरै बोल्दैनन् । बोले पनि सानो स्वरले बोल्छन् । तर, बोली सानो भए पनि अध्यक्षको हैसियतमा उनी नेपाली क्रिकेटलाई थप बलियो बनाउने कुरामा आत्मविश्वासी रहे । अध्यक्ष बन्ना साथ उनले घरेलु क्रिकेटका लागि दुई ठूला ब्रान्ड सूर्य नेपाल र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग साझेदारी गरे । जसबाट क्यानले ४० लाख रुपौयाँ प्राप्त गरेको थियो । पाण्डे व्यापारिक घरानाका थिए, त्यसैले पनि यत्रो ठूलो साझेदारी सम्भव भएको हो ।

लाइफ टाइम एचिभमेन्ट अवार्डका प्राप्त गरेपछि आफ्ना भनाइ राख्दै विनयराज पाण्डे । 

पाण्डेले डिसेम्बर २०११ सम्म अध्यक्षको पद सम्हाले । पछि २०१४ देखि २०१६ सम्म पनि उनले क्यान आइसिसीको निलम्बनमा परेको बेला क्यानको नेतृत्व गरे । उनको कार्यकालमा प्राप्त सफलताबीच सफलताको खुड्किलो चढिरहँदा नेपालले आज एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ । टेस्ट मान्यता पनि एक दिन पाउने छ नै ।

उनले अध्यक्षमा रहँदा होस् या सचिवमा रहँदा नेपाली क्रिकेटको सफलताको सपना बुनेका थिए । उनले अध्यक्ष हुँदा नै भनेका थिए, मेरो चाहना नेपालले २०१५ मै एकदिवसीय विश्वकप खेलोस हो भनेर । उनको चाहना अहिलेसम्म त पूरा भएको छैन । तर, नेपाली क्रिकेट यो उपलब्धिका लागि त्यति टाढाको बाटोमा छैन ।