कार्तिक ९, २०८१ शुक्रबार | १०:३२:०४
कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता श्रीलंकाविरुद्ध कप्तान अन्जिला र सावित्रा सुरुआती रोजाईमा कतारको सामना गर्दै नेपाल १४ महिनामै साउदी छाडे मान्सिनीले रेन्जर्सको १७ वर्षपछि ठूलो जित कमल थापालाई दोहोरो उपाधि भेट्रान्स फुटबल प्रतियोगिताः हाम्रो धरान, फ्रिडम फाइटर, आर्मी र ठमेल अन्तिम चारमा मालिकादेवी कपः राई एफसी,चौतारा स्पोर्टिङ, सुनकोशी ‘बी’ र धार्पा सेमिफाइनलमा अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनप्रेरित कांस्की सेमिफाइनलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंका बाहिरियो श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता श्रीलंकाविरुद्ध कप्तान अन्जिला र सावित्रा सुरुआती रोजाईमा
शनिबारको दिन बिसिसिआइ

विराट र रोहितले खाली गरिदिएको ठाउँमा को ?

काठमाडौं । प्रभावशाली भारतीय क्रिकेटद्वय विराट कोहली र रोहित शर्माले ट्वान्टी–२० विश्वकप उपाधि जितेसँगै संन्यास लिएका छन् ।

विराट पूर्वकप्तान र रोहित वर्तमान टोलीका कप्तान थिए । तर, दुवै खेलाडीले भारतलाई छोटो स्वरुपको क्रिकेटमा दोस्रो पटक विश्व च्याम्पियन गराएसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सुखद बिदाइ लिएका हुन् ।

अब भारतीय क्रिकेट टिममा एक प्रभावशाली कप्तानमात्रै नभएर दुई ओपनरको खॉचो छ । पछिल्लो समय भारतका ओपनिङ यही दुई खेलाडीले गर्दै आएका थिए ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ)का अध्यक्ष रोजर बिन्नी इन्डियन प्रिमियर लिग (आइपिएल)मार्फत धेरै युवा खेलाडीको आगमन भएकाले त्यसमा ठूलो समस्या  नहुने धारणा राख्छन् । तर, उनले पनि बुझेका छन् विराट र रोहित जस्ता अनुभवी बनाउन नयाँ पुस्तालाई अझै समय लाग्नेछ । संन्यासपछि नै विराटले नयाँ पुस्ताका लागि ठाउँ खाली गरेको बताएका थिए ।

आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका यशस्वी जैसवाल, शुभमन गिल, ऋतुराज गायकवाड, अभिषेक शर्मा, इशान किसन र केएल राहुलमध्येबाट दुई खेलाडीलाई भारतीय टोलीको ओपनिङमा ल्याउने अनुमान गरिएको छ ।

यस्ता छन् खेलाडी  

यशस्वी जैसवाल

ओपनरको कुरा गर्दा युवा खेलाडीबाट विना शंका यशस्वी जैसवालको नाम आउँछ । उनी विश्वकप खेल्न नपाए पनि टोलीको साथमा राखिएको थियो । विश्वकपमा उनले रोहितको साथ ओपनिङ गर्ने सुरुआती आँकलन थियो । तर, उनी पूरा विश्वकपभर बेन्चमै रहे । उनले ट्वान्टी-२० को सुरुवातमा १७ खेल खेल्दा उत्कृष्ट प्रदर्शन गरेका छन् । ३३.४६ को औसतमा ५०२ रन बनाएका छन् । आइपिएलमा पनि उनको प्रदर्शन उम्दा रह्यो । पछिल्लो ३ आइपिएलमा २२ वर्षीय खेलाडीले १ हजार ४०० बनाएका छन् ।

शुभमन गिल

शुभमनलाई बिसिसिआइले जिम्बावे यात्रामा कप्तान बनाएको छ । २४ वर्षीय खेलाडीबाट भारतले कप्तानी जिम्मेवारी र ओपनिङमा पनि ठूलो भर गरेको छ । यही खेलाडीले भारतको तीन फम्र्याट क्रिकेटमा ओपनिङ गरिसकेका छन् । यसै वर्षको सुरुमा पनि अफगानिस्तानविरुद्ध गिलले नै रोहितसँग ओपनिङ गरेका थिए । तर, उनले ट्वान्टी–२० मा मात्र १४ खेल खेलेका छन् । एक शतकसहित ३३५ रन बनाएर आफूलाई प्रमाणित भने गरिसकेका छन् । आइपिएलमा पनि उनी निकै लयमा थिए । क्रिकेट बोर्डले त्यसैले पनि सुभमनमाथि भरोसा राखेको हो ।

ऋतुराज गायकवाड

आइपिएलमा चेन्नई सुपर किङ्सका लागि ऋतुराज गायकवाडले जुन किसिमको प्रदर्शन गरे, त्यसले उनलाई ओपनिङ जिम्मेवारी दिनुपर्ने धेरैको राय छ । पछिल्लो चार वर्षमा उनले चेन्नईलाई दुई पटक उपाधि जिताउन भूमिका खेलेका छन् । २७ वर्षीय खेलाडी ओपनिङमा आउने तेस्रो नाम हो । यी खेलाडी जैसवाल र गिलको तुलनामा अनुभवी पनि छन् । ट्वान्टी–२० आईमा १९ खेल खेल्दा तीन अर्धशतक र एक शतकसहित ५ सय रन बनाएका छन् । तर, उनले निरन्तरता पाएका छैनन् । अब प्रमाणित गर्ने अवसर ऋतुराज आफैंलाई छ ।

अभिषेक शर्माअभिषेक र अस्ट्रेलियाका ट्राभिस हेडले यसपटकको आइपिएललाई टी-१० प्रतियोगिता बनाउने प्रयास गरेको भान हुन्थ्यो । दुई खेलाडीले आइपिएलमा हैदराबादका लागि छक्का र चौकाको आतिसबाजी नै लगाएका थिए । त्यसैले भारतीय टिम छनोटक्रममा २३ वर्षीय अभिषेकको नाम पनि हुनुपर्ने तर्क धेरैले गरेका थिए । यस सिजन उनले २०४ को स्ट्राइकरेटमा ४ सय ८४ रन बनाएका छन् । त्यसैले पनि जिम्बावे यात्रामा उनलाई समावेश गरिएको छ । जहाँ उनले अवसर पाउन सक्छन् ।

इशान किसन 

इशान किसन भारतीय क्रिकेटका लागि परिचित नाम हुन् । उनी तीनै फम्र्याटमा भारतीय टोलीका साथ रहे । तर, सधैं बेन्चमा । हुँदाहुँदै यसपालि बिसिसिआइले सार्वजनिक गरेको केन्द्रिय सम्झौतामा पनि इशान किसनको नाम छैन । किसनले ट्वान्टी-२० आन्तर्राष्ट्रियमा ३२ खेल खेल्दा ७९६ रन बनाएका छन् ।

इशान हरेक बलरलाई फरक/फरक अवस्थामा खेल्न सक्ने क्षमता राख्छन् । पछिल्लो पटक भने उनले लय गुमाएका छन् । तर, पछिल्लो क्रममा गरेको प्रदर्शनका कारण उनले केही खेलमा अवसर पाउने सम्भावना छ तर आफूलाई प्रमाणित गर्नुपर्ने जिम्मेवारी २५ वर्षीय खेलाडीकै काँधमा छ ।

केएल राहुलपाँँच युवा खेलाडीपछि अनुभवी केएल राहुल पनि प्रतिस्पर्धामा छन् । ३२ वर्षीय अनुभवी खेलाडीलाई पनि प्रशिक्षकले नजर राखेका छन् । आइपिएलमा उनले लखनउ सुपर जायन्टका लागि ओपनिङ गरिरहेका छन् । त्यसअघि भारतीय टिमका लागि पनि ओपनिङ गरिसकेका छन् । तर, पछिल्लो पटक उनको लय खासै राम्रो छैन । उनी पछिल्लो पटक सन् २०२२ मा भारतीय टिमसँगै थिए । केएलले ७२ खेल खेलेर २ हजार २६५ रन बनाएका छन् । सन् २०२२ पछि उनलाई पनि टोलीमा फर्कने अवसर छ ।