फाल्गुन ६, २०८२ बुधबार | २०:०५:०५
पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी
शनिबारको दिन आइसिसी ट्वान्टी-२० विश्वकप

समूह ‘सी’ हाइलाइट्सः घरेलु भूमिमा वेस्ट इन्डिजले दबाबमा खेल्नुपर्ने

काठमाडौैं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेट जुन २ देखि सुरु हुँदै छ । समूह ‘सी’ मा दुई पटकको च्याम्पियन तथा सहआयोजक वेस्ट इन्डिजसहित टेस्ट राष्ट्र न्युजिल्यान्ड र अफगानिस्तान रहेका छन् । पपुवा न्युगिनी (पिएनजी) र युगान्डा पनि यसै समूहमा छ ।

वेस्ट इन्डिज दुई पटकको च्याम्पियन हो । टोलीले सन् २०१२ र २०१६ को उपाधि जितेको थियो । न्युजिल्यान्डले सधैं बलियो दाबेदार भए पनि उपाधि जित्न सकेको छैन । सन् २०२१ मा अस्ट्रेलिया च्याम्पियन हुँदा न्युजिल्यान्ड उपविजेता भएको हो । अफगानिस्तान टेस्ट राष्ट्र त हो तर, विश्वकपमा टोलीको सहभागिता जम्न सकेको छैन । ६ पटक विश्वकप खेल्दा अफगानिस्तान शीर्ष १० बाट माथि बढ्न सकेको छैन ।

पिएनजी दोस्रो पटक विश्वकप खेल्दै छ । टोलीले पछिल्लो पटक सन् २०२१ मा विश्वकप खेलेको हो । तर, खेलेका तीनै खेलमा हार बेहोर्यो । सन् १९९८ बाट आईसिसी सदस्य बनेको युगान्डा भने पहिलो पटक विश्वकप सहभागी भएको हो । टोलीले विश्वकपको डेब्यु सानदार बनाउने योजना बनाएको छ । तर, समूहमा टेस्ट राष्ट्रको बाहुल्य हुँदा निकै चुनौती देखिन्छ ।

पछिल्लो समय वेस्ट इन्डिजको प्रदर्शन एकैनासको छैन । एकदिवसीय विश्वकपमा भने स्थान नै बनाउन सकेन । आफ्नो प्रदर्शन फर्काउन टोली संघर्ष गरिरहेको छ । 

वेस्ट इन्डिजले पहिलो पटक उपाधि जित्दा १२ टोली सहभागिता थियो । आयोजक श्रीलंकालाई फाइनलमा ६ विकेटले हराउँदै उपाधि जितेको थियो । दोस्रो पटक उपाधि भारतीय भूमिमा जित्यो । १६ टोली सहभागी हुँदा इङ्ल्यान्डलाई ४ विकेटले हराएयाे ।

युगान्डा

तर, पछिल्लो समय वेस्ट इन्डिजको प्रदर्शन एकैनासको छैन । एकदिवसीय विश्वकपमा भने स्थान नै बनाउन सकेन । आफ्नो प्रदर्शन फर्काउन टोली संघर्ष गरिरहेको छ । त्यसैले पनि यसपालि समूह ‘सी’ मा दुई पटकको च्याम्पियनलाई अफगानिस्तान र न्युजिल्यान्डले राम्रो चुनौती दिन सक्ने छ ।

शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने हुँदा यो समूहमा तीन टोलीबीच राम्रै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पपुवा न्युगिनी र युगान्डा भने सहभागितामै सीमित हुन सक्छन् ।

केन विलियम्सनले न्युजिल्यान्डको कप्तानी गर्नेछन् । टोलीमा ट्रेन्ट बोल्ट, मार्क चाप्मन, डेभोन कोन्वे, लोकी फर्गुसन, डेरी मिचेल, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्टनर र टिम साउथी छन् ।

समूहको पहिलो खेल वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच जुन २ मा हुनेछ । 

आक्रामक हिटर रोभमन पावेलले वेस्ट इन्डिजको नेतृत्व गर्नेछन् । उनीसँगै अल्जारी जोसेफ, जोनसन चार्लेस, रोस्टन चेज, सिमरोन हेटमायर, जेसन होल्डर, साई होप, निकोलस पुरन र आन्द्रे रसेललगायत खेलाडी टाेलीमा छन् ।

अफगानिस्तानले २५ वर्षीय स्पिनर रशिद खानको कप्तानीमा विश्वकप खेल्दै छ । टोलीमा रहानुल्लाह गुर्वाज, इब्राहिम जाद्रन, अजमतुल्लाह ओमारजाई, मोहम्मद नाबी र मुजिव उर रहमान छन् ।

अफगानिस्तान

असादुल्लाह भालाले पपुवा न्युगिनीको कप्तानी सम्हाल्दा टोलीमा चाड सुपर, हिरी हिरी, ज्याक गार्डनर, किप्लिन डोरिगा, सेसे बाउ, टोनी उरा जस्ता खेलाडी छन् ।

युगान्डाले ब्रिआन मासबालाई कप्तान बनाएको छ । टोलीमा सिमोन सेजाजी, रोजर मुकासा, कोस्मन केवुता, दिनेश नक्राननी, फ्रेड अचेलाम जस्ता खेलाडी छन् ।

समूहको पहिलो खेल वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच जुन २ मा हुनेछ । अफगानिस्तान र युगान्डाबीच जुन ३ मा खेल हुँदा जुन ५ मा युगान्डा र पपुवा न्युगिनीबीच विश्वकपमा पहिलो जितका लागि प्रतिस्पर्धा हुनेछ । युगान्डा डेब्यु जितको योजनामा छ । अघिल्लो संस्करणमा तीनै खेल हारेको पपुवा न्युगिनी विश्वकपमा पहिलो जित निकाल्ने दाउमा छ ।

जुन ७ मा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । वेस्ट इन्डिज र युगान्डाबीच जुन ८ मा हुँदा प्रतीक्षित खेल जुन १२ मा वेस्ट इन्डिज र न्युजिल्यान्डबीच हुनेछ । जुन १४ मा युगान्डा र न्युजिल्यान्ड प्रतिस्पर्धा हुनेछ । समूहको अन्तिम दिन जुन १७ मा पपुवा न्युगिनी र न्युजिल्यान्ड तथा वेस्ट इन्डिज र अफगानिस्तानबीच खेल हुनेछ ।