कार्तिक ४, २०८२ मंगलबार | १४:२०:३७
शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

अस्ट्रेलियाले भारतलाई रोक्न सक्ला ?

काठमाडाैं । एकदिवसीय विश्वकप क्रिकेटमा अब एक खेलमात्र बाँकी छ । यो फाइनल नै रह्यो । उपाधि भिडन्तमा उत्रने दुई टिम पनि निश्चित भइसकेका छन् आयोजक भारत र अस्ट्रेलिया । 

फाइनल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यो स्टेडियमको दर्शक क्षमता नै एक लाखभन्दा बढी छ । यस्तोमा फाइनल खेल्नु र हेर्नुको मज्जा नै बेग्लै हुँदो हो । फेरि फाइनलमा त्यस्ता दुई टिम पुगेका छन्, जुन हकले फाइनल पुगेका छन् ।

भारत आरामले लिग चरणको शीर्षस्थानमा रह्यो । यसको ठीक विपरीत अस्ट्रेलियाले अर्को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन ठूलै मिहिनेत गर्नुपर्याे ।

उनीहरू विश्वकप इतिहासकै सबैभन्दा सफल टिम हुन् । सबैभन्दा पहिले भारतकै कुरा । यस विश्वकपमा भारत एकमात्र अपराजित टिम हो । भारतले लिग चरणका ९ खेल त सबै जित्यो नै न्युजिल्यान्डविरुद्धको सेमिफाइनल जित पनि खासै कठिन रहेन । 

भारत आरामले लिग चरणको शीर्षस्थानमा रह्यो । यसको ठीक विपरीत अस्ट्रेलियाले अर्को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन ठूलै मिहिनेत गर्नुपर्याे ।

प्रतियोगितामा अस्ट्रेलियाको सुरुआत नै राम्रो रहेन । पछिमात्र टिमले लय समातेको हो । जहाँ भारत हुइकिदै  फाइनल पुगेको छ, विना कुनै रोकतोक । त्यहीं अस्ट्रेलिया घस्रँदै  फाइनल पुगेको छ ठाउँठाउँमा अवरोध बेहोर्दै । 

सम्भवतः भारत अहिले आफ्नो क्रिकेट इतिहासमै सबैभन्दा बढी लयमा छ । भारतको ब्याट त चम्किरहेको छ । अब त बलिङले पनि तिखो धार लिएको छ, जसले जसलाई पनि काट्न सक्छ । कतै भारतको ब्याटिङभन्दा बलिङ नै बलियो भएको त होइन ?

संयोग कस्तो भनौं, सुरुमा अस्ट्रेलिया भारतसँग हार्याे   त्यसपछि दक्षिण अफ्रिकासँग । त्यसपछि भने भारतले हार्न नै बिर्सियो । र, लिग चरणका बाँकी ७ खेल जित्यो । अहिले सेमिफाइनल पनि आफ्नो पक्षमा पार्याे । 

क्रिकेट पण्डितहरू ठीकै भनेका छन्, भारत ब्याटिङमा त परम्परागत रूपमा बलियो थियो । अब बलिङमा भारतको सान छाएको छ । अहिले अस्ट्रेलियाली टिमबारे भने ठ्याक्कै यस्तै भन्न सकिन्न । 

लिग चरणमा अस्ट्रेलिया तेस्रो स्थानमा रह्यो । टोलीले सेमिफाइनलमा आफूभन्दा माथि रहेको दक्षिण अफ्रिकाको चुनौती पार गरेको हो । अस्ट्रेलिया सुरुकै दुई खेलमा पराजित रहेको थियो । त्यसैले भन्न थालिएको थियो, यो टिम सेमिफाइनल अगाडि नै घर फर्किने छ ।

संयोग कस्तो भनौं, सुरुमा अस्ट्रेलिया भारतसँग हार्याे   त्यसपछि दक्षिण अफ्रिकासँग । त्यसपछि भने भारतले हार्न नै बिर्सियो । र, लिग चरणका बाँकी ७ खेल जित्यो । अहिले सेमिफाइनल पनि आफ्नो पक्षमा पार्याे । 

सेमिफाइनल खेल जित्न भने अस्ट्रेलियालाई धौधौ परेको थियो अनि अफगानिस्तानसँग त टोली हारेकै स्थितिमा थियो । तर, भाग्यले बहादुरलाई नै साथ दिन्छ भनिन्छ । अस्ट्रेलियाले पछिल्ला ८ खेलमा दमदार प्रदर्शन गरेको छ नै ।

अब के त ? तिनै क्रिकेट पण्डितहरूले के भनेका छन् भने जतिबेला भारत र अस्ट्रेलिया जत्तिको टिम एक आपसविरुद्ध मैदानमा उत्रने गर्छ, यस्तै हो भनेर दाबी गर्न सकिन्न । यस्तो खेलमा इतिहासको पनि काम छैन । 

त्यसमा एक खास दिन जुन टिम चम्कियो, त्यही विजयी रहने हो । हो पनि । त्यसैले तय छ, यो फाइनल खेल दमदार हुनेछ । हेर्न छुटाउनै नहुने खेल हुनेछ, यदि तपाईं क्रिकेट पारखी हो भने । तपाईंलाई नै यो प्रश्न हो, के भारतलाई अस्ट्रेलियाले रोक्ने छ त ? 

शनिबारको अन्य स्टोरीः नेम्वाङलाई सर्वशक्तिमानको दम्भ नपलाओस्बाबर आजमः पूरा हुन बाँकी एउटा ‘लेख’विश्वकप क्रिकेटः  सजिलो थिएन बलर सामीलाईआइसिसी विश्वकप २०२३ का अविस्मरणीय क्षण