मंसिर १९, २०८२ शुक्रबार | १६:३४:३९
लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत
शनिबारको दिन नेपाली क्रिकेट

लय समात्दै यु-१९ क्रिकेट टोली

काठमाडौं । कुनै समय नेपाली य-१९ क्रिकेट टोलीलाई बलियो टोलीका रूपमा हेरिन्थ्यो । सन् २००० देखि २००८ सम्म लगातार यु-१९ एकदिवसीय विश्वकप खेलको नेपालको प्रदर्शन उच्च रहने गर्थ्यो।

त्यसपछि सन् २०१२ र २०१६ को विश्वकपमा सहभागिता जनाएको नेपालले अर्को विश्वकपमा स्थान बनाउन सात वर्ष कुर्नु पर्यो । सन् २०१६ को विश्वकपमा क्वार्टरफाइनल पुग्नु नै नेपालको हालसम्मको उच्च प्रदर्शन हो ।

समृद्ध इतिहास बोकेको नेपाली टोलीको प्रदर्शन पछिल्ला केही वर्षमा भने निकै निराशाजनक रह्यो । सन् २०१८, २०२० र २०२२ को विश्वकपमा  नेपाल छनोट हुन सकेन ।

नेपाली यु-१९ टोलीले न्युजिल्यान्ड, भारत, आयरल्यान्ड जस्ता टेस्ट मान्यता टोलीलाई पराजित गरिसकेको इतिहास छ । नेपालले सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्यापिम्पयनसिपको उपाधि जितेको थियो ।

यसैगरी सन् २०१७ को एसिसी यु-१९ एसिया कपमा भारतलाई हराएको नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले सन् २००६ को विश्वकपमा आयरल्यान्डलाई स्तब्ध बनाएको थियो ।

समृद्ध इतिहास बोकेको नेपाली टोलीको प्रदर्शन पछिल्ला केही वर्षमा भने निकै निराशाजनक रह्यो । सन् २०१८, २०२० र २०२२ को विश्वकपमा नेपाल छनोट हुन सकेन ।

पछिल्लो केही महिनायता उच्च प्रदर्शन गर्दै नेपाली टोलीले आशाको दियो जलाउन थालेको छ । टोली पुरानै लयमा फर्किने संकेत देखिएको छ ।

प्रतियोगिताको च्याम्पियन बनेसँगै नेपालले सात वर्षपछि विश्वकपमा स्थान पक्का गरेको थियो । उक्त प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा पाँचैमा जित निकाल्यो । नेपालले सिंगापुर, हङकङ, कुवेत, मलेसिया र युएईलाई हराएको थियो ।

गएको फेब्रुअरी २४ देखि मार्च २ सम्म संयुक्त अरब इमिरेट्स(युएई) मा भएको विश्वकप छनोटमा नेपाल च्याम्पियन बन्यो । त्यो पनि अपराजित रहँदै ।

प्रतियोगिताको च्याम्पियन बनेसँगै नेपालले सात वर्षपछि विश्वकपमा स्थान पक्का गरेको थियो । उक्त प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा पाँचैमा जित निकाल्यो । नेपालले सिंगापुर, हङकङ, कुवेत, मलेसिया र युएईलाई हराएको थियो ।

यतीबेला नेपाली टोली मलेसियामा जारी एसिसी यु-१९ एसिया कपमा व्यस्त छ । प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नुअघि नेपालका कप्तान देव खनालले अपराजित रहँदै उपाधि जितेर फर्किने बताएका थिए ।

‘हामी उत्कृष्ट टोली हौं । कमजोर छैनौं । सबै खेल जित्ने लक्ष्य छ,’ कप्तान देव खनालले भने,‘ सात वर्षपछि यु-१९ विश्कपमा छनोट भएका छौं । यसले पनि हौसला बढाएको छ । प्रिमियर कप पनि जितेर फर्किने प्रयास हुनेछ ।’

टोलीको उच्च प्रदर्शनमा प्रशिक्षक जगत टमाटाको पनि महत्वपूर्ण भूमिका छ  । उनी एसिसी यु-१९ एसिया कपका लागि छनोट हुनेमा विश्वस्त देखिन्थे ।

नेपाल क्रिकेट संघ (क्यान) सचिव खड्काले प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताएका थिए ।

‘उमेर समूह राष्ट्रिय टोलीसम्म पुग्ने प्ल्याटफर्म हो । यो संरचनाबाट इतिहास बनाउन सकिन्छ,’ खड्काले भने, ‘एसिया कप र विश्वकप खेल्ने अवसर छ । कुनै पनि खेल सानो ठूलो हुँदैन । टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु ।’

कप्तान खनाल र सचिव पारसको विश्वासलाई टोलीले निराशामा परिणत हुन दिएको छैन । टोलीले समूह चरणमा तीन वटै खेलमा सानदार जित निकाल्दै अपराजित रहँदै समेमिफाइनल प्रवेश गरिसकेको छ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई ३ सय १ रनले पराजित गरेको छ ।

टोलीको उच्च प्रदर्शनमा प्रशिक्षक जगत टमाटाको पनि महत्वपूर्ण भूमिका छ  । उनी एसिसी यु-१९ एसिया कपका लागि छनोट हुनेमा विश्वस्त देखिन्थे ।

नेपाली टोलीले मलेसियामा त्यही अनुरुपको प्रदर्शन गरिरहेको छ । नेपाल एसिसी यु-१९ एसिया कपमा स्थान बनाउन मात्र एक जित टाढा छ  ।

टमाटाले मलेसिया प्रस्थान गर्नुअघि भनेका थिए ‘मानसिक र शारीरिक रूपमा तयार छौँ । सात वर्षपछि विश्वकपमा छनोट भएका छौँ । यसले खेलाडीको मनोबललाई उच्च बनाएको छ । उनीहरु जित्न आतुर छन् । २५ दिन तयारी गरेका छौँ । एसिया कपमा त छनोट भइहाल्छौं । हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्नु हो ।’

नेपाली टोलीले मलेसियामा त्यही अनुरुपको प्रदर्शन गरिरहेको छ । नेपाल एसिसी यु-१९ एसिया कपमा स्थान बनाउन मात्र एक जित टाढा छ  ।

याे पनिः 

अब हतारिँदैन इंग्लिस फुटबल

टेलिभिजन खेलपत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

अब ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ध्यान

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

एरिकाः ‘सी इज सो इनोसेन्ट’