चैत्र १६, २०८२ सोमबार | १२:४६:२९
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित
शनिबारको दिन नेपाली क्रिकेट

सन्दीपले खेल्दा इतिहाससँग डर

काठमाडौं । त्यस्ता केही घटनाहरू हुने गर्छन्, जसलाई हामी मूल्यांकन गर्न इतिहासका लागि छाडिदिन्छौं । इतिहासले कुनै मोडमा आएर त्यसबारे साँचो बोल्दो हो । र, बोल्ने छ नै ।

भर्खर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग-२ को एउटा त्रिकोणात्मक शृंखला सकियो । स्कटल्यान्ड र नामिबियासम्मिलित त्यस शृंखलामा नेपालले ‘क्लिन स्विप’ नै ग¥यो । नेपालले चार खेल खेलेको थियो, चारैमा विजयी भयो । यो धेरै अर्थमा ऐतिहासिक प्रदर्शन थियो ।

नेपालको बलिङमात्र चलेन, ब्याटिङ उत्तिकै चल्यो । त्यो पनि मज्जाले । ती चारै खेल जितेपछि नेपालको पुछारका दुई स्थानबाट माथि उठेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने सम्भावना मात्र बनेको छैन, शीर्ष तीनको सम्भावना पनि तयार भएको छ ।

आम दर्शकले खुबै स्वाद लिएर खेल हेरे । तर यसबीच एउटा घटनाले धेरैको ध्यान तानेको थियो । हो यो यही घटना हो, जसबारे पछि इतिहासले मूल्यांकन गर्नेछ । त्यसो भनेको नेपालका लागि सन्दीप लामिछानेले खेल्नु ।

अदालतको आदेशपछि थुनामुक्त हुने क्रममा रहेका सन्दीपको स्वागतमा जम्मा भएको भिड । फाइल तस्बिरः खेलाडी

सन्दीप वास्तवमै निकै उम्दा खेलाडी हुन् । यसमा कसलाई मात्र शंका छ र ? त्यसैले त शृंखलामा उनको प्रदर्शन पनि उत्तिकै राम्रो रह्यो । तर मूल प्रश्न हो, उनलाई खेलाउनु कति ठीक थियो त ? उनलाई खेलाएकामा धेरै चर्को विरोध पनि देखियो, मिडियादेखि सामाजिक सञ्जालसम्म । समर्थक पनि उत्तिकै निस्के ।

सबैले बिर्सन नहुने तथ्य के हो भने सन्दीप तिनै खेलाडी हुन्, जसमाथि नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ ।

अनि अदालतले बलात्कारको अभियोगमा पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो । पछि उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाडेको हो । उच्च अदालतले तत्काल जुटेका प्रमाणकै आधारमा उनी दोषी देखिन सक्ने अवस्था रहेको पनि स्वीकारेको छ । पूरा घटनाक्रम के कस्तो थियो, अदालती प्रक्रियामा के कस्तो भयो, त्यसबारे धेरथोक बाहिर आइसकेको नै छ । विश्व खेलकुद आफैं पनि के मान्छ भने यौन उत्पीडनका यस्ता कुनै पनि घटना सर्वथा अस्वीकार्य छ ।

विश्व खेलकुदका जे जति ठूल्ठुला निकाय छन्, ती सबैले यस्ता घटनालाई शून्य सहनशीलताभित्र राख्छन् । त्यसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पनि पर्छ । तर नेपाल क्रिकेट संघ (क्यान) नै सन्दीपलाई खेलाउन बढी सक्रिय देखियो । शृंखलाकै क्रममा स्टकल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाउन चाहेनन् । यसबारे पनि अनेकथरि कुरा आए । स्वयं सन्दीपले नै हात मिलाउन नचाहेको दाबी गरियो । कसैले यस्तो केही घटना भएकै थिएन पनि भनियो ।

तर, स्कटल्यान्डले औपचारिक रूपमै भन्यो, हामी यस्ता कुनै पनि प्रकारका घटनालाई स्वीकार्ने पक्षमा छैनौं, सन्दीपसँग हात नमिलाउनेबारे क्रिकेट स्कटल्यान्डले सबै सरोकारवालालाई जानकारी दिएको पनि स्पष्ट पारेको छ ।

सन्दीपलाई नेपालले खेलाएकोबारे अन्तर्राष्ट्रिय मिडियाले पनि खोजी खोजी समाचार बनाएको थियो । त्यसबारे सबैको निचोड थियो, कम्तीमा अदालती प्रक्रिया टुंगो नलागेसम्म सन्दीपलाई राष्ट्रिय टिमबाट नखेलाएको भए ठीक हुन्थ्यो ।

तर, बलात्कारको संगीन आरोप लागेकालाई हामी नायक बनाएर प्रस्तुत गर्ने प्रयास गरिरहेका थियौं । यसले समाजमा राम्रो सन्देश भने पक्कै जाने छैन । भलै, केहीलाई लाग्न सक्छ, यस्तो गर्दैमा हुने चाहिँ के हो र ? तर यसले के भाष्य पनि तयार पार्छ भने यस्ता आरोप लागेकाहरू नेपालमा सजिलै जोगिन सक्छन्, उल्टै तिनको भूमिका नायकको जस्तो हुनेछ ।

के यो नजिर कम्ता डरलाग्दो हुने छैन र ? त्यसैले त भन्नुपरेको, सन्दीपले खेल्दा इतिहाससँग डर भएको छ, यसले पछि कति निर्मम मूल्यांकन गर्नेछ भनेर ।