आश्विन १, २०८१ मंगलबार | ०१:१४:५७
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रिय चर्चा बोकेर फर्केकी निशा

काठमाडौं । तुलसीपुर उपमहानगर- १६ भेलही गाउँकी १७ वर्षीया किशोरी निशा चौधरीको केही दिनअघिसम्म नेपाली खेलकुदमा अपरिचित जस्तै नाम थियो । तर, अहिले निशा नेपाली एथलेटिक्सको उदीयमान खेलाडी बन्ने संघारमा पुगेकी छन् ।

विद्यालयमा निशा तेक्वान्दो खेल्थिन् । करिब ५-६ वर्ष तेक्वान्दोमा नै बिताइन् ।  ब्ल्याकबेल्टसम्म लिइन् । रोजगारीका कारण भारतमा रहेका बुवाकै आग्रहमा उनी तेक्वान्दोमा लागेकी थिइन् । जिल्लास्तरीय प्रतियोगितासमेत खेल्न भ्याइन् ।

तेक्वान्दोको नियमित प्रशिक्षणमा जाँदा हल्का दौडने गर्थिन्, निशा । सायदै निशाले कुनै दिन नेपाली एथलेटिक्समा उदीयमान खेलाडीको रूपमा उदाउने सपना देखेकी होलिन् । तर अहिले निशा नेपाली एथटेटिक्समा प्रचुर सम्भावना बोकेकी खेलाडीको रूपमा उदाएकी छन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा भाग लिन काठमाडौं आएकीनिशा फर्कंदा कीर्तिमानसहित दाङ पुगेकी छन् ।

देशकै मुख्य रंगशालामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी उनले आफूलाई गजबसँग प्रस्तुत गरिन् । दौड र लङजम्पमा आफ्नो सम्भावनालाई प्रचुर देखाएर फर्किइन् ।

दशरथ रंगशालामा उनले १०० मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसँग मिलेर ४ गुणा १ सय मिटर रिले दौड ५४.२० सेकेन्डमा पूरा गर्दै अर्को राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । यसअघि रिलेमा ५४.४० सेकेन्डको कीर्तिमान पश्चिमाञ्चलको नाममा थियो ।

असार २९ गते भने उनको जीवनमा सधैं यादगार रहने दिन बन्यो । निशाले लङजम्पमा ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । जुन प्रदर्शनबाट सिनियरकै कीर्तिमान भंग भएको थियो । शिला चौधरलिे सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो ।

उक्त कीर्तिमान स्थापित गर्दा त्यहाँ उपस्थित साथीहरू, प्रशिक्षक तथा अन्य खेलाडी र प्रशिक्षकबाट निशालाई बधाई र शुभकामनाको ओइरो लाग्यो । सबैले एकपछि अर्को गरेर बधाई दिइरहँदा उनी एकछिन अचम्ममा परिन् । आफ्ना प्रशिक्षकले ‘तिमीले सिनियरतर्फको कीर्तिमान तोड्न सफल भयौं’ भनेपछि मात्र आफूलाई किन बधाई दिइरहेका छन् भन्ने भान भयो उनलाई ।

निशाले आफूले जिल्लास्तरीय प्रतियोगिता खेले पनि त्यहाँ यो स्तरमा सफलता नपाएको बताइन् । 

कीर्तिमान रचेर मैदानबाट बाहिरिँदै गर्दा निशाले आमालाई सम्पर्क गरिन् । आफूले प्राप्त गरेको सफलताको गाथा सुनाइन् । आमाले थप सफलताका लागि शुभकामना दिएकी निशाले बताइन् । उनका बुवा भने रोजगारीका लागि हाल भारतमा छन् ।

‘मैले एथलेटिक्सतर्फ यसअघि जिल्लास्तरीय प्रतियोगिताहरू चाहिँ खेलेको थिएँ,’ निशाले भनिन्, ‘मलाई विद्यालयमा वसन्त ओली गुरु र अहिले पद्मा चौधरी गुरुले प्रशिक्षण दिइरहनुभएको छ । यसपालि म प्रदेश छनोट पार गरेर प्रतियोगिताका लागि छनोट भएकी थिएँ । पहिलो सहभागितालाई अनुभवको रूपमा लिन्छु भन्ने सोचेको थिएँ । तर पहिलो सहभागितामै लङजम्पमा सिनियर कीतिमान तोड्न सफल भएँ । दौडमा जुनियरतर्फ कीर्तिमान बनाएँ । यसले मलाई ठूलो उर्जा मिलेको छ ।’कीर्तिमान रचेर मैदानबाट बाहिरिँदै गर्दा निशाले आमालाई सम्पर्क गरिन् । आफूले प्राप्त गरेको सफलताको गाथा सुनाइन् । आमाले थप सफलताका लागि शुभकामना दिएकी निशाले बताइन् । उनका बुवा भने रोजगारीका लागि हाल भारतमा छन् ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि नै यो प्रतियोगितालाई ट्यालेन्ट हन्टको रूपमा लिएको र यसमा उत्कृष्ट ठहरिएका खेलाडीलाई निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउने जनाएको छ ।

‘हामीकहाँ प्रशिक्षणका लागि यहाँ जस्तो सुविधासम्पन्न ट्याक छैन,’ निशाले भनिन्, ‘प्रतियोगिता सकिएपछि निरन्तर प्रशिक्षणको व्यवस्था हुन्छ भन्ने सुनेको छु । हाम्रोमा प्रतियोगिता हुँदा मात्र अभ्यास गर्ने चलन छ । निरन्तर प्रशिक्षणको अवसर मिलेको खण्डमा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालका लागि सफलता दिलाउन सक्छु भन्ने आशा छ ।’एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ निशा सम्भावना बोकेकी खेलाडी भएकाले उनको आगमन नेपाली एथलेटिक्सका लागि सुखद संकेत भएको बताउँछन् ।

‘हाम्रोमा नयाँ खेलाडीको आगमन निकै पातलो छ,’ प्रशिक्षक गुरुङले भने, ‘आएका खेलाडीहरू पनि नियमित प्रशिक्षण नहुँदा टिक्दैनन् । यसपालि हामी अलि बढी आशावादी छौं ।’

राखेपका सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ सिल्ड ट्यालेन्ट हन्टको रूपमा लिँदै यसबाट छानिएका उत्कृष्ट खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था गर्ने बताएका छन् । त्यसले गर्दा खेलाडीको नियमित प्रशिक्षण हुने विषयले गर्दा आफूहरू उत्साही रहेको प्रशिक्षक गुरुङले बताए । उनले भने, ‘निशा नेपाली एथलेटिक्समा उदीयमान खेलाडीको रूपमा देखा परेकी छन् । हामीले उनलाई प्रशिक्षणमा बोलाइसकेका छौं ।’