Breaking News
गृहपृष्ठ / विचार
Image
Image
Image
- भोलानाथ सिलवाल

'दक्षिण एसियाको च्याम्पियन बन्ने सपना बाँकी छ'

समग्रमा हिजो नेपालले राम्रो खेल्यो । पहिलो हाफमा हामीले रक्षात्मक रहँदै काउन्टर अट्याकलाई जोड दियौं । तर दोस्रो हाफमा हामीले सम्पूर्ण रुपमा आक्रामक फुुटबल खेल्ने प्रयास गर्यौं । त्यही क्रममा नेपालले केही उत्कृष्ट आक्रमण पनि गर्यो । 

भारतले पनि केहि राम्रा अवसर सिर्जना गरेको थियो । तर समग्रमा भारतभन्दा हामीले धेरै अवसर सिर्जना गरेका थियौं । अवसर धेरै सिर्जना गरे पनि हामीले चुस्त आक्रमण भने गर्न सकेनौं । हाम्रो आक्रमण फितलो रह्यो । 

आक्रमणमा खासगरी मनिस डाँगी र विशाल राईले निकै राम्रा अवसर खेर फाले । मनिस र विशालको दुई वटा आक्रमण चाँही हुनुपर्थ्यो कि भन्ने हो । 

पहिलो हाफमा रक्षात्मक खेलेर काउन्टर अट्याकमा जाने र दोस्रो हाफमा पूरा आक्रामक खेल्ने रणनीति अलि सुहाउँदो लागेन ।

हामीले पहिलो हाफमा रक्षात्मक रहँदै काउन्टर अट्याकमा अवसर खोज्नेतिर जोड दियौं । त्यो धेरै हदसम्म सफल पनि भएको थियो । काउन्टर अट्याकमा मुभ पनि बनिरहेको थियो ।

दोस्रो हाफमा हामी पूर्णरुपमा आक्रमक भयौं । आक्रमणमा एकोहोरो ध्यान दिएर धेरै अघि बढ्दा गोल खान पुग्यौं । पहिलो हाफमा रक्षात्मक खेलेर काउन्टर अट्याकमा जाने र दोस्रो हाफमा पूरा आक्रामक खेल्ने रणनीति अलि सुहाउँदो लागेन ।

नेपालले आक्रमणको रणनीति लिदाँ पनि राम्रो खेलेको थियो । तर मेरो व्यक्तिगत धारणा आक्रमक खेल्ने भए सुरुदेखि नै खेल्नुपर्थ्यो भन्ने हो । नेपालले पहिलो हाफ जस्तै गरी दोस्रो हाफमा पनि खेलेको भए खेलले अर्को मोड लिन्थ्यो होला । स्कोर बराबर हुन्थ्यो कि । तर पनि नेपाल आक्रमणको रणनीतिमा पनि खरो उत्रिएको देखिन्छ ।

पहिलो खेलमा १-१ को बराबरी नतिजा निकाल्यौं । दोस्रो खेलमा हामीले कम्तिमा बराबरीको सम्भावना भए पनि २-१ को हार स्वीकार्यौं । समग्रमा नेपालको खेल निकै माथिल्लो स्तरको थियो । 

नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेलमा भारतले तीन गोल गर्यो । यो तीनै गोलमा सुनिल क्षेत्रीको भूमिका रहयो । भारतको प्रदर्शन नराम्रो त होइन, तर स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भने पक्कै हो । 

भारतले आफ्नो स्तरअनुसारको प्रदर्शन नगरेको भन्नेहरु पनि धेरै भेटिए । यो कुरा मैले पनि अनुभव गरेँ । हामीले खेल्दा जुन भारतको खेल थियो, अहिले त्यस्तो छैन कि भन्ने मलाई पनि लागेको छ । 

हामीले २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा २-१ ले हराउँदा पनि भारतको खेल निकै राम्रो थियो । अझ त्यसपछि त भारतको यही टिमले घेरै प्रतियोगिताहरु खेलिसकेको छ । तर पनि भारतको आक्रमणमा पनि कप्तान सुनिल क्षेत्री एक्लै देखिन्थे । नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेलमा भारतले तीन गोल गर्यो । यो तीनै गोलमा सुनिल क्षेत्रीको भूमिका रहयो । भारतको प्रदर्शन नराम्रो त होइन, तर स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भने पक्कै हो । 

नेपालले भारतविरुद्धका दुवै खेलमा राम्रो फुटबल खेलेको हो । तर मेरो विचारमा नेपालले पहिलोको दाँजोमा दोस्रो खेलमा पकड जमाउन सकेन कि भन्ने हो । पहिलो खेलमा हामीले पोजिशन बनाएका थियौं । स्कोर पनि हामीले नै पहिले निकालेका थियौं । भारतलाई दबाबमा राखेका थियौं । 

दोस्रो खेलमा भारतले पोजिशन बनाएर खेल्यो । हुन त भारतले पहिलो खेलको कमजोरी सुधारेको हुन सक्छ । दोस्रो खेलमा नेपालले आक्रामक रणनीतिमा राम्रो गरेको देखिन्छ । यसबाट नेपालले रक्षात्मक रहँदै काउन्टर अट्याकमा जाने र पूर्ण रुपमा आक्रामक दुवै खालको रणनीतिमा खेल्न सक्छ भन्ने प्रमाणित भएको छ । यो निकै राम्रो हो ।

त्यसका बावजुद नेपालले अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपअघि सुधार्नुपर्ने कुरा पनि धेरै छन् । खासगरी आक्रमणमा नेपालको कमजोरी ‘अट्याकिंग थर्ड’मै हो । जुन यो मैत्रीपूर्ण खेलमा पनि देखियो । यही कारण दुवै खेलमा निक्कै राम्रा मुभ बनाए पनि तिनले अन्तिम टच पाउन सकेनन् ।

हाम्रा खेलाडीले आफ्नो क्षेत्रमा देखाए जस्तो आत्मबल विपक्षीको पोस्टमा देखाउन सकेनन् । केटाहरु केही हतारिएको र आत्तिएको जस्तोे देखिन्थ्यो । 

पक्कै पनि भारत दक्षिण एसियाकै सबैभन्दा बलियो टोली हो । तर पनि नेपालले उनीहरुलाई दबाबमा राख्दै गरेको प्रदर्शनका आधारमा हामीले आफूलाई साफ च्याम्पियनसिपको दाबेदार किन नभन्ने ? 

हुन त मैत्रीपूर्ण खेल भनेकै आफूमा भएको कमजोरी पत्ता लगाउनका लागि हो । कमजोरी पत्ता लगाउन सकियो भने न त्यसलाई सुधार्न सकिन्छ । नेपालले पनि भारतविरुद्धका दुई खेलबाट आफ्ना कमजोरी पत्ता लगाएको छ । साफका लागि कमजोरी सुधार्न हामीसँग पर्याप्त समय पनि छ । 

तमाम कमजोरीका बावजुद नेपालले आफूलाई आसन्न साफ च्याम्पियनसिपको दाबेदारका रुपमा उभ्याएको छ । पक्कै पनि भारत दक्षिण एसियाकै सबैभन्दा बलियो टोली हो । तर पनि नेपालले उनीहरुलाई दबाबमा राख्दै गरेको प्रदर्शनका आधारमा हामीले आफूलाई साफ च्याम्पियनसिपको दाबेदार किन नभन्ने ? 

२०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई हराएर हामी समूह विजेता बन्दै सेमिफाइनल पुगेका थियौं । तर अफगानिस्तानविरुद्धको दूर्भाग्यजनक पराजयका कारण हामी घरेलु मैदानमा उपाधि चुम्नबाट बञ्चित भयौं । त्योबेला उपाधिको नजिकै पुगेर पनि निराश हुनुपरेका हामीले त्यतिखेर उपाधि त्यागे पनि दक्षिण एसियाको च्याम्पियन हुने सपना त्यागेका छैनौं । 

त्यो सपना अहिले पनि हामी सबैमा उत्तिकै छ । अहिले भाइहरुले राम्रो फुटबल खेलिरहेका छन् । म अहिले निक्कै राम्रो सम्भावना देख्छु । केही नभए पनि माल्दिभ्समा हाम्रो टिम फाइनलसम्म पुग्छ भन्ने छ, त्यसमा पनि उपाधि घर लिएर आउन सके त्योभन्दा ठूलो खुसी हाम्रा लागि अरु हुने छैन ।
 
साफ च्याम्पियनसिपमा जितका लागी भाइहरुलाई सुभकामना !

(लेखक नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी हुन् ।)

\