फाल्गुन १२, २०८२ मंगलबार | ०७:५३:५८
वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल
शनिबारको दिन विम्बल्डन टेनिस

विम्बल्डन झन ‘अमानवीय’ हुँदै

काठमाडौं । खेलकुदमा प्रविधिको प्रयोगबारे बहस कहिल्यै सकिने छैन्, तर एउटा प्रश्न भने जहिल्यै उत्तिकै सान्दर्भिक पनि रहनेछ, यो कतिसम्म ‘अमानवीय’ हुने त? लगभग सबै प्रमुख खेलमा निर्णायकको भूमिकाका लागि प्रविधिको सहयोग त अब आम विषय नै भइसकेको छ । त्यस्तो कुन खेल छ र, जसमा रेफ्री अथवा अम्पायर अथवा जजका लागि प्रविधिको सहयोग लिइन्न ?

तर जति बेला लाइन जजका लागि विम्बल्डनले प्रविधिको सहयोग लिने भएको छ, प्रश्न फेरि उठेको छ, साँच्चै कतिसम्म ‘अमानवीय’ हुने ? त्यसै पनि विम्बल्डन भनेपछि हामी हाम्रो पहिलो प्रतिक्रिया हुने गर्छ, यो जत्तिको परम्परा र पुरानो मान्यतालाई समर्थन गर्ने अर्को कुनै प्रतियोगिता छैन, यहाँ नियम जति साह्रै कठोरसँग पालन गरिन्छ ।  

भन्नेहरूले के पनि भन्छन् भने कुनै दिन यस्तो पनि हुनेछ, जति बेला खेल नै मानवीय खेलाडीको हुने छैन, बरू यस्तै यस्तै प्रविधिले खेल्नेछ । सायद यो त अलिकति बढी नै ठूलो आरोप भयो, तर डर त छ नै ।

विश्व टेनिसका अरू प्रतियोगितामा खेलाडीले जस्तै लुगा किन नलगाओस, विम्बल्डनमा सेतो लुगा लगाउन अनिवार्य नै छ । यही कसैलाई यसमा विरोध छ भने विम्बल्डन नखेले भयो । अझ खेलमा क्रममा बेलायती राजपरिवारको कुनै सदस्य त्यहाँ उपस्थित हुन्छ भने तिनको सम्मानमा झुक्नै पर्छ ।

टेनिस स्टार नोभाक जोकोभिच (बाँया) र कार्लोस अल्कारेज । 

अब यही विम्बल्डनले एउटा निर्णय लिएको छ, सन् २०२५ को प्रतियोगितादेखि लाइन जर्जमा कोही जीवन्त मानव देखिने छैन। यसको स्थानमा हुनेछ, ‘इलेक्ट्रिक लाइन कलिङ’ । अब विम्बल्डनको कोर्टमा ‘आउट’ अथवा ‘फल्ट’ भनेको सुन्न पाइने छैन । यस्तोमा विम्बल्डनले एउटा मानवीय भावना रहने विधा गुमाएको छ ।

त्यसो त लाइन जजको एउटा साना भुलमै गलत निर्णय नभएका पनि होइनन् । तर खेलमा मज्जा यसैको त हो । विम्बल्डनका आयोजकले ‘इलेक्ट्रिक लाइन कलिङ’ का लागि गृहकार्य केही वर्ष अगाडि नै सुरु गरिसकेको थियो । अनि त्यसका लागि यस पल्टको प्रतियोगितामा प्रयोग गरेर पनि हेरेको थियो । अर्को वर्षदेखि यो लागू नै हुनेछ ।

के अब त्यस्तो दिन पनि आउने छ, जति बेला रेफ्री, अम्पायर र जज सबै यस्तै कृत्रिम त हुने छैन, खालि अचुक निर्णय हुनु पर्छ भन्ने सर्तमा ? अनि भन्नेहरूले के पनि भन्छन् भने कुनै दिन यस्तो पनि हुनेछ, जति बेला खेल नै मानवीय खेलाडीको हुने छैन, बरू यस्तै यस्तै प्रविधिले खेल्नेछ । सायद यो त अलिकति बढी नै ठूलो आरोप भयो, तर डर त छ नै ।

यहाँनिर एउटा महत्त्वपूर्ण तथ्य के हो भने टेनिसमा लाइन जज नै त्यस्तो पहिलो खुडकिलो रहने गरेको छ, जसबाट तिनलाई मुख्य निर्णायकको बाटोसम्म पुर्‍याउने गर्छ । अब कसरी कोही विम्बल्डनमा सिधै मुख्य निर्णायक हुने होला त? अन्य दुई ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन र यूएस ओपन त यसअघि नै असाध्यै धेरै प्रविधिमय भइसकेको थियो ।

यस वर्षको महिला एकलतर्फ विम्बल्डन च्याम्पियन बारबोरा क्रेजिकोभा । 

खालि फ्रेन्च ओपनले भने अहिलेसम्म निर्णयका लागि प्रविधिको सहयोग कमै मात्र लिने गर्छ । सायद विम्बल्डनले आफ्नो समृद्ध परम्पराको क्रममा एउटा मानवीय पाटो गुमाएको छ । यो ठीक हो भन्ने पनि होलान्, होइन भन्ने पनि होलान् । तर प्रश्न साँच्चै उत्तिकै जायज पनि छन्, खेल कतिसम्म ‘अमानवीय’ हुने त ?