Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

अहिलेको टोलीलाई पुरानो बार्सिलोनासँग तुलना गर्न मिल्दैन : कोम्यान

बार्सिलोना, (खेलाडी)- बेन्फिकासँग बुधबार ३-० को हार बेहोरेपछि स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले अहिलेको टोलीलाई पुरानो बार्सिलोनासँग तुलना गर्न नमिल्ने बताएका छन् । 

‘म टोलीको स्तरबारे बहश गर्न चाहन्न । अहिलेको टोलीलाई पुरानो बार्सिलोनासँग तुलना गर्ने कुनै पनि आधार छैन् । यो पानी जस्तै छर्लंग छ,’ स्पेनिस महारथीका प्रशिक्षकले भने, ‘म क्लबसँग आफूले गरेको प्रशिक्षणको बारेमा मात्रै विचार राख्न सक्छु । मलाई मेरो टिम र खेलाडीहरुले समर्थन गरिरहेका छन् ।’ 

नयाँ सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार दोस्रो हार थियो । दुई साताअघि भएको पहिलो खेलमा टोली जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग पनि ३-० ले पराजित भएको थियो । दुवै खेलमा पराजित भएको बार्सिलोना समूह ‘इ’ को पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

\