Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

‘फ्रान्सेली फुटबलमा मेसी स्थापित भइसके’

पेरिस, (खेलाडी)- माउरिसियो पोचेटिन्होले पेरिस सेन्ट जर्मन (पिएसजी) का नयाँ सुपरस्टार लियोनेल मेसीले आइतबार राति बहुप्रतिक्षित ‘डेब्यु’ गरेपछि आफ्ना टिम सहयात्रीमाथि पनि प्रभाव जमाएको बताएका छन् । 

‘डेब्यु’मा छोटो समय मैदानमा बिताए पनि मेसीका २१ पास प्रयासमा २० पास पूरा भएका थिए । विपक्षी खेलाडीले उनलाई तीन पटक फाउल गरेका थिए ।

रेम्समाथि २-० को जित हासिल गरेको फ्रेन्च लिग वानको खेलमा मेसीले ६६औं मिनेटमा बार्सिलोनाका पूर्व टिम सहयात्री नेइमारलाई स्थानान्तरण गर्दै पिएसजीबाट पहिलो पटक मैदान उत्रिएका थिए । 

‘डेब्यु’मा छोटो समय मैदानमा बिताए पनि मेसीका २१ पास प्रयासमा २० पास पूरा भएका थिए । विपक्षी खेलाडीले उनलाई तीन पटक फाउल गरेका थिए । 

६ पटकका बालन डी अर विजेता मेसीलाई पहिलो पटक मैदान उत्रिँदा पिएसजीका समर्थकका साथै विपक्षी समर्थकले पनि प्यारापिटबाट भव्य स्वागत गरेका थिए । 

पिएसजीका अर्जेन्टिनी मुख्य प्रशिक्षक पोचेटिन्होले आफ्नै देशका सुपरस्टार मेसी फ्रान्सेली फुटबलमा छोटो समयमै स्थापित भएकोमा खुसी व्यक्त गरे । लिग उपाधि फर्काउने लक्ष्यमा रहँदा ३४ वर्षे फरवार्डको उपस्थितीले आफ्नो टोलीलाई निक्कै हौस्याएको उनको भनाई थियो । 

हाम्रा समर्थकमात्र नभई रेम्सका समर्थकले पनि उनको हार्दिक स्वागत गरे । यसले मेसीलाई विशेष खुसी दिएको छ ।

‘उनले टिममा एउटा बेग्लै आत्मविश्वास र उत्साहको वातावरण सिर्जना गरे । उनका लागि राम्रो सुरुआत आवस्यक थियो, जुन भयो,’ पोचेटिन्होले भने, ‘उनी खुसी छन् र टिमसँग पूर्ण रुपमा घुलमिल भइसकेका छन् । उनलाई समर्थकले गरेको स्वागत पनि भव्य थियो । हाम्रा समर्थकमात्र नभई रेम्सका समर्थकले पनि उनको हार्दिक स्वागत गरे । यसले मेसीलाई विशेष खुसी दिएको छ ।’

मेसीको आगमनले पिएसजीमात्र नभई पूरा फ्रान्सेली लिग र फ्रान्सेली फुटबल नै उत्साहित भएको पोचेटिन्होले बताए । 

‘मेसी भनेको अरु खेलाडीका लागि पनि प्रेरणाका स्रोत हुन् । उनको आगमनले सकारात्मक भाव सञ्चार भएको छ,’ उनले भने ।

आइतबार मेसी आकर्षणको केन्द्र भए पनि पिएसजीको जितमा दुवै गोल किलियन एमबाप्पेले गरे । एमबाप्पेको प्रेरणामा पिएसजीले नयाँ सिजनका चार खेल सकिँदासम्म सतप्रतिसत नतिजायात्रालाई निरन्तरता दिएको छ । 

प्रतिक्रिया दिनुहोस

\