Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

म्याक्सवेलको अर्धशतकमा बेङलोरकाे सहज जित

दुबाई, (खेलाडी)-  ग्लेन म्याक्सवेलको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ ।

राजस्थानले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य बेङलोरले १७.१ ओभरमा मात्र तीन विकेट क्षतीमा पूरा गरेको थियो ।

बेङलोरका म्याक्सवेलले ५० रनको योगदान गर्दा श्रीकार भारतले ४४ रन जोडे । त्यस्तै कप्तान विराट कोहलीले २५ रन बनाए ।

राजस्थानका मुस्तफिजुर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ४९ रनको योगफल खडा गरेको थियो ।

राजस्थानका ओपनर इर्बिन लुइसले ५१ रन बनाए ।

बेङलोरका हर्षल पटेलले तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

\