डर्टमन्डको लगातार दोस्रो जित

बर्लिन (खेलाडी)- इर्लिङ ब्राउट हल्यान्डले इन्जुरी समयमा गरेको निर्णायक गोलमा बोरुसिया डर्टमन्डले शनिबार साँझ जर्मन बुन्डेसलिगाको खेलमा होफेनहेइममाथि ३-२ को जित हासिल गरेको छ । 

लिगमा डर्टमन्डको यो लगातार दोस्रो जित हो । ४९औ मिनेटमा जियोभानी रेइनाले गरेको गोलमा डर्टमन्डले अग्रता लिएको थियो । ६०औं मिनेटमा क्रिस्टोप बोमघाट्नरले होफेनहेइमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसको ९ मिनेटपछि जुडे बेलिङघमले डर्टमन्डलाई पुन : अग्रता दिलाएका थिए । 

९०औं मिनेटमा मुनास डब्बा्ले होफेनहेइमलाई खेलमा फर्काउदै हर्टमन्डसँग अंक खोस्ने संकेत गरेको थियो । तर इन्जुरी समयको पहिलो मिनेटमा हल्यान्डले गोल गर्दै हर्टमन्डका लागि स्पष्ट ३ अंक पक्का गरेका थिए ।