Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

नेपोली शीर्ष स्थानमा, लाजियोसँग रोमा पराजित

रोम, (खेलाडी)- काग्लियारीमाथि २-० को जित हासिल गर्दै नेपोली आइतबार राति इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । 

घरेलु मैदानमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेको गोलमा नेपोलीले सहज जित हासिल गरेको थियो । पियोट्र जिलिनस्कीको पासमा ओसिमहेनले ११औं मिनेटमा अग्रता दिलाएको नेपोलीका लागि इन्सिग्नेले ५७औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै जित पक्का गरेका थिए ।

जितपछि ६ खेलको समाप्तीमा एसी मिलानलाई दुई अंकले पछि पार्दै नेपोली १८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित काग्लियारी दुई अंकका साथ १९औं स्थानमा सीमित छ ।

लाजियोसँग ३-२ को नतिजामा पराजित भएपछि एएस रोमा तेस्रो स्थानमा उक्लिने मौकामा चुकेको छ । हारपछि रोमा १२ अंकका साथ चौथो स्थानमा यथावत छ । १४ अंकका साथ साविक विजेता इन्टर मिलान तेस्रो स्थानमा छ । लाजियो भने ११ अंकसहित छैटौं स्थानमा उकिलएको छ ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबारै भएको अर्को खेलमा इम्पोलीले बोलोग्नामाथि ४-२ को जित हासिल गर्यो । जितपछि इम्पोली नौं अंकसहित आठौं स्थानमा उक्लिँदा बोलोग्ना आठ अंकका साथ १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

\