Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

शेरिफ पहिलो पटक च्याम्पियन्स लिग समूह चरणमा छनोट

पेरिस, (खेलाडी)- युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको इतिहासमा एउटा नयाँ टोलीले नाम लेखाएको छ । 

बुधबार राति डिनामो जागरेबलाई गोलरहित बराबरीमा रोक्दै मोल्डाभियन गणतन्त्रको शेरिफ टिरास्पोल पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणलाई छानियो । 

घरेलु मैदानमा भएको पहिलो लेगमा ३-० को जित हासिल गरिसकेकाले गएराति सहज अवस्थामा शेरिफ मैदान उत्रिएको थियो । 

क्रोएसियाको राजधानीमा हिजो कठिन प्रतिस्पर्धा अपेक्षा गरिएको थियो । तर भ्रमणकारी शेरिफले बरबारी नतिजा निकालेर च्याम्पियन्स लिगमा डेब्यु गर्ने टिकट काट्यो ।  

प्रतिक्रिया दिनुहोस

\