भारतका रक्षक क्रोयसियाको शिर्ष लिगमा

नयाँ दिल्ली, (खेलाडी)- भारतीय राष्‍ट्रिय फुटबल टिमका रक्षक सन्देश झिंगान क्रोएसियालीे शीर्ष डिभिजनको क्लब एचएनके सेबिनिकमा अनुबन्धित भएका छन् ।

सेबिनिकले बुधबार इन्डियन सुपर लिगको क्लब एटिके मोहन बगान एफसीबाट सन्देशलाई खरिद गरेको जनाएको छ । सन्देश भारतमा मोहन बगानबाट खेल्नुअघि केरला ब्ल्यास्टरबाट खेल्ने गर्दथे । 

सेबिनिकले हालसम्म क्रोएसियाको शीर्ष लिगको उपाधि भने जितेको छैन ।

२८ वर्षीय सेन्टर ब्याक सन्देश क्रोएसियाको शीर्ष लिग खेल्ने पहिलो भारतीय फुटबल खेलाडी बनेका छन् ।

सन्देशले भारतका लागि ४० खेल खेल्दै चार गोल गरेका छन् ।

सन्देश २०२०÷२१ को वर्ष फुटबलर अफ दी इयर अवार्ड विजेता खेलाडी हुन् ।