Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

श्रीलंकाका विकेटकिपर तथा ब्याट्सम्यान कुशल परेरा कोरोना संक्रमित

कोलम्बो, (खेलाडी)- श्रीलंकाली क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान कुशल परेरालाई कोभिड १९ को संक्रमण भएको छ ।

श्रीलंका क्रिकेट बोर्डले सोमबार विकेटकिपर परेरामा कोभिड संक्रमण पुष्‍टी भएको बताएको छ । 

मंगलबारबाट ३१औं वर्ष टेकेका परेराले चोटका कारण हालै भएको भारतविरुद्ध घरेलु मैदानमा भएको शृंखला गुमाएका थिए । परेरालाई श्रीलंका क्रिकेट बोर्डले यस वर्षको सुरुआतमा कप्तानबाट बर्खास्त गरेको थियो । 

परेराले श्रीलंकाबाट हालसम्म २२ टेस्ट, १ सय ७ एकदिवशीय र ५० ट्‍वान्टी २० अन्तर्राष्‍ट्रिय खेल खेलेका छन् । परेराले टेस्टमा दुई र एकदिवशीयमा छ शतक प्रहार गरेका छन् ।
 
श्रीलंका हाल कोभिड १९ संक्रमणको तीव्र वृद्धिको सामना गरिरहेको छ । यसका कारण श्रीलंका सरकारले रातमा कर्फ्यु र दिनको समयमा पनि धेरै मानिस जमघट हुने सबैखाले गतिविधिमा प्रतिवन्ध लगाएको छ । 

प्रतिक्रिया दिनुहोस

\