Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मेसी, नेइमार र एमबाप्पे एकसाथ मैदान उत्रिँदा पिएसजी बराबरीमा सीमित

पेरिस, (खेलाडी)- लियोनेल मेसी, नेइमार र किलियन एमबाप्पे पहिलो पटक एकसाथ मैदान उत्रिएको खेलमा पनि पेरिस सेन्ट जर्मन (पिएसजी)ले गए राति च्याम्पियन्स लिग समूह चरणको खेलमा क्लब ब्रुगेसँग १-१ को बराबरीमा चित्त बुझाएको छ । 

माउरिसियो पोचेटिन्होले यान ब्रेडेल रंगशालामा बुधबार एकसाथ आक्रमणका तीन धारिला हतियार एकसाथ प्रयोग गरेका थिए । तर एमबाप्पेले विपक्षी पोस्टमा एन्डर हरेराका लागि गोल गर्न पास उपलब्ध गराउनुवाहेक तीन सुपरस्टार फरवार्डको उपस्थितीले केही गर्न सकेन । 

वायाँ विंग्सबाट एमबाप्पेले तिब्र गतिमा बल दौडाउँदै लगेर दिएको पासलाई गोलमा परिणत गर्दै १६औं मिनेटमा हरेराले पिएसजीको खाता खोलेका थिए । विश्वकै सबभन्दा खतरनाक आक्रमण पंक्ति भएको पिएसजीले १६ मिनेटमा अग्रता लिएपछि ब्रुगेले फराकिलो हार बेहोर्नुपर्ने अनुमान गरिएको थियो । 

तर टोलीले घरेलु मैदानमा तत्कालै प्रतिक्रिया जनाउने क्रममा २७औं मिनेटमा गोल फर्कायो । इडुवार्ड सोबोलको पासमा हान्स भानाकेनले गोल गर्दै ब्रुगेलाई बराबरीमा ल्याए । च्याम्पियन्स लिगमा यो भानाकेनको आठ खेलमा पाँचौं गोल हो ।

च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलमा उपाधिकै मुख्य दाबेदार मानिएको पिएसजी बराबरीमा रोकिँदा समूह ‘ए’मा इङ्ल्यान्डको म्यानचेस्टर सिटीले अग्रता लिएको छ । समूहको अर्को खेलमा गए राति सिटीले जर्मन बुन्डेसलिगाको टोली आरबी लिपजिगमाथि ६-३ को जित हासिल गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

\