Breaking News
गृहपृष्ठ/ अन्य
Image
Image
Image
Image
- खेलाडी

अमेरिका शीर्ष स्थानमा, चिन दोस्रो

टोकियो, (खेलाडी)- अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा रहँदै कोभिड १९ महामारीको छायाँमा भएको टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ । 

अमेरिकाले अन्तिम दिन भलिबल, ट्रयाक साइक्लिङ र बास्केटबलमा सफलता प्राप्त गर्दै ३९ स्वर्णसहित अघिल्लो दिनसम्म अग्रस्थानमा रहेको चीनलाई एक स्वर्णले पछि पारेको हो । 

टोकियोमा ३ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । अमेरिकाले पहिलो स्थान हासिल गर्दा ३८ स्वर्ण पदक जितेको चिन दोस्रो भयो भने आयोजक जापानले ऐतिहासिक रुपमा तेस्रो स्थानमा कव्जा जमायो । 

५७ वर्षपछि ओलम्पिक आयोजना गरेको जापानले २७ स्वर्ण पदकका साथ पदकतालिकाको तेस्रो स्थानमा कव्जा जमाएको थियो । जसका कारण ओलम्पिक आयोजनाको विपक्षमा रहेका जापानी नागरिकको आक्रोष मत्थर पार्न सहयोग पुगेको थियो ।

२२ स्वर्ण पदक जितेको बेलायत चौथो स्थानमा खुम्चिँदा रुसी ओलम्पिक कमिटीको टोलीले २० स्वर्ण पदक जित्दै पाँचौं स्थान हासिल गर्‍यो । रुसमाथि आइओसीको प्रतिबन्ध रहेकाले रुसी खेलाडीले ओलम्पिक कमिटीको झण्डामुनि प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

\