Breaking News
गृहपृष्ठ/ अन्य
Image
Image
Image
Image
- खेलाडी

क्रिस्टिना शरणका लागि पोल्यान्डतर्फ

टोकियो, साउन २१ (एएफपी) – घर फर्कन असुरक्षा महसुस भएको भन्दै शरणका लागि विश्व जगत्लाई पुकार गरेकी बेलारूसी ओलम्पिक खेलाडी क्रिस्टिना सिमानौस्काया बुधबार पोल्यान्डतर्फ प्रस्थान गरेकी छन् ।

२४ वर्षे स्प्रिन्टर क्रिस्टिनाले आफ्नै देशको राष्ट्रिय टोलीमाथि आलोचना गरेपछि बेलारूसद्वारा खेलको बीचैमा फर्काइए पनि उनले घर जान अस्वीकार गरेकी थिइन् । केही खेलाडी अयोग्य हुँदाहुँदै पनि सर्ट नोटिसमा उनीहरूलाई ओलम्पिक चार सय मिटरको प्रतिस्पर्धामा सहभागी गराइएको उनको आरोप थियो ।

त्यसपछि बेलारूसले उनलाई कारबाही गर्दै दुई सय मिटर र चार सय मिटरको दौडबाट हटायो । उनलाई टोकियोबाट फिर्ता पठाउन विमानस्थलमा लगेको थियो । यद्यपि, घर फर्किन अस्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई हस्तक्षेप गर्न आग्रह गरिन् । टोकियो ओलम्पिक प्रतिस्पर्धा चलिरहँदा क्रिस्टिना कूटनीतिक नाटकको केन्द्रबिन्दु बनिरहिन् ।

यसबीच क्रिस्टिनाले असुरक्षाको महसुस गरेपछि गत आइतबारदेखि टोकियो २०२० ले उनलाई सुरक्षा प्रदान गरेको थियो । बुधबार पनि उनी सुरक्षा घेरामा एयरपोर्ट पुगेकी थिइन् । उनी त्यहाँ पुग्दा सञ्चारमाध्यमको घुइँचो थियो, तर उनले प्रतिक्रिया दिन अस्वीकार गरिन् । गत दुई हप्ता उनी पोल्यान्ड दूतावासको छत्रछायाँमा थिइन् ।

उनी वार्सा जाने भनिएको छ । यद्यपि, उनको यात्रा अस्ट्रियातर्पm मोडिए पनि कुनै अप्रत्याशित निर्णय हुने छैन । किनकि अस्ट्रियाले पनि उनलाई आफ्नो देशमा स्वागत गरेको थियो । विवादित निर्वाचनका कारण बेलारूस ओलम्पिकमा अभैm पनि राजनीतिक आन्दोलन भइरहेको छ । गत वर्ष एलेक्जान्डर लुकासेन्को देशको सत्तामा फर्किएपछि ओलम्पिकको नेतृत्वमा पनि उनको छोरा भिक्टोर पुगेका थिए ।

तथापि, धेरै खेलाडीले ओलम्पिकमा पुनः चुनावको माग गरेका थिए । पुनः निर्वाचन माग गर्दै हस्ताक्षर गर्ने दुई हजार बेलारूसी खेलाडीमध्ये एक क्रिस्टिना पनि हुन् । त्यसैले पनि उनीमाथि राजनीतिक समस्या उत्पन्न हुने संकेत देखिएको थियो । तथापि, टोकियो पुगेर उनले सामाजिक सन्जालमा आफ्ना प्रशिक्षकविरुद्ध जुन किसिमले आलोचना गरिन्, त्यसले उनलाई झन् समस्यामा पार्‍यो ।

त्यसका बीच उनका पति पनि बेलारुसबाट युक्रेन पुगेका थिए । उनीहरूको पोल्यान्डमा नै भेट हुने सम्भावना रहेको छ । उनका पति पनि बेलारूसी शासकका कट्टर आलोचक थिए । पोल्यान्डका प्रधानमन्त्री म्याटयुज मोराविस्कीले पनि क्रिस्टिनालाई आफ्नो देशमा निकै सुरक्षित तवरबाट राखिने विश्वास व्यक्त गरिसकेका छन् ।

बेलारूसमाथि छानबिन

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले उक्त घटनाबारे बेलारूस ओलम्पिक टिममाथि छानबिन गर्ने जनाएको छ । तर, केही अभियन्ताहरूले भने बेलारूसमाथि प्रतिबन्ध लगाउनुपर्ने र त्यहाँका खेलाडीलाई तटस्थ टोलीका रूपमा प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गराउन माग गरेका छन् ।

आइओसीका प्रवक्ता मार्क एडम्सले बुधबार बेलारूस ओलम्पिक कमिटीबाट रिपोर्ट प्राप्त भएको त्यसबारे मूल्यांकन हुने बताए । उनका अनुसार त्यो घटनाको सत्यतथ्य थाहा पाउन आइओसीले अुनशासन आयोग पनि गठन गरेको छ । 

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमािथ कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ ।  खेलाडीमाथि राजनीतिक विचार लादिएको भन्दै आइओसीले बाबु लुकासेन्को र छोरा भिक्टोर दुवैमाथि प्रतिबन्ध लगाएको छ ।

टोकियो ओलम्पिक सुरु हुनुभन्दा अघि लुकासेन्कोले बेलारूसका अफिसियल र खेलाडीलाई धम्काएको समेत सार्वजनिक भएको थियो । अमेरिकाले पनि लुकासेन्कोको सरकारलाई खेलाडीमाथि दमन नगर्न चेतावनी दिएको थियो । लुकासेन्को सन् १९९४ देखि बेलारूसको सत्तामा छन् र गत मेमा आफ्ना विरोधीलाई गिरफ्तार गर्न लिथुआनियामा फाइटर प्लेन नै पठाएको उनीमाथि आरोप लागेको  थियो ।

तथापि, पोल्यान्डका डेपुटी परराष्ट्रमन्त्री पावेल जाबलन्स्कीले भने क्रिस्टिनामाथि सो घटना नहुने र उनी आफ्नो देशमा सुरक्षित रहनेमा विश्वस्त पारेका छन् । यसैबीच युक्रेनका एक बेलारूसी अभियन्ता पनि बेपत्ता भएको समाचार बाहिरिएको थियो । पछि उनी मृत फेला परे । त्यसैले संयुक्त राष्ट्रसंघले त्यो मृत्युबारे निष्पक्ष ढंगबाट छानबिन गर्न युक्रेनसँग माग गरेको छ ।     

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमािथ कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

\