Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

ओलम्पिकमा स्वर्ण जित्‍ने जोकोभिचको प्रयास असफल

टोकियो, (खेलाडी)- कुमको चोटका कारण टोकियो ओलम्पिक २०२० अन्तर्गत मिक्स डबल्सतर्फको खेल गुमाएका विश्‍व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिजले युएस ओपन टेनिसमा फर्किने विषयमा आफू अझै प्रष्‍ट हुन नसकेको छन् । 

३४ वर्षीय सर्बियन खेलाडी जोकोभिचले अगस्ट ३० देखि हुने युएस ओपन टेनिस खेले ग्रान्ड स्लाम क्यालेन्डर पूरा गर्ने दोस्रो खेलाडी हुनेछन् । यसअघि १९६९ मा रोड लाभेर ग्रान्ड स्लाम क्यालेन्डर पूरा गर्ने पहिलो खेलाडी बनेका थिए । तर जोकोभिचलाई उनको चोटले युएस ओपन फर्किन अनिश्‍चित बनाएको छ । मिक्स डबल्सतर्फको खेलमा जोकोभिच चोटग्रस्त भएका थिए ।
 
एकलतर्फको खेलमा पनि जोकोभिचले पाब्लो कारेनो बुस्टाविरुद्ध राम्रो खेल्न सकेनन् । उनीविरुद्ध पाब्लोले ६-४, ६-७ (६/८), ६-३ को संघर्षपूर्ण जित निकाल्दा एकलतर्फ स्वर्ण जित्‍ने लक्ष्यमा जोकोभिचलाई ठेस लागेको छ । 

पराजित भएपछि फिटनेसको विषयमा बोल्दै जोकोभिजले युएस ओपनमा फर्किने विषय अनिश्‍चित भएको प्रतिक्रिया दिएका हुन् । 

पुरुष एकल र मिक्स डबल्समा प्रतिस्पर्धा गरिरहेका जोकोभिचले दुई स्वर्ण पदकका लागि टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका थिए । तर पछिल्लो २४ घन्टामा दुई स्वर्ण पदक जित्‍ने जोकोभिचको लक्ष्य अधुरो भएको छ । खेल अवधिभर निकै गर्मी महसुस गरेका जोकोभिचले खेलमा फर्किन संघर्ष गरे पनि सफल हुन सकेका थिएनन् । 

प्रतिक्रिया दिनुहोस

\