Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

उज्वेकिस्तान पुग्यो नेपाली टोली

काठमाडौं, (खेलाडी)– एएफसी महिला एसियन कप छनोटका लागि नेपाली महिला राष्ट्रिय टोली उज्वेकिस्तन पुगेको छ । 

छनोटका लागी काठमाडौंबाट सोमबार राती प्रस्थान गरेको नेपाली टोली मंगलबार राती उज्वेकिस्तानको राजधानी तास्केन्तस्थित तास्केन्त विमानस्थाल आइपुगेको हो । 

विमानस्थल ओर्लिएलगत्तै नेपाली टोलीको पि सी आर परिक्षणका लागी स्वाव संकलन गरिएको छ र परिक्षण रिर्पोट नआउदा सम्म नेपाली टोली होटलमै आइसोलेसनमा रहने छ ।
टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीले लामो यात्रा तय गरेकाले आराम आवश्यक रहेको बताए ।

‘खेलाडीले लामो यात्रा तयर गरेर आएका छन् त्यसैले विश्राम जरुरी छ ,’फिलिप्सले भने ।

समूह एफमा रहेको नेपालले असोज २ मा फिलिपिन्सको सामना गर्र्दै एएफसी महिला एसियन कप छनोटको यात्रा थालनी गर्नेछ । दोस्रो खेलमा नेपालले असोज ५ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहको शीर्ष स्थानमा बस्ने टोली अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

\