Breaking News
गृहपृष्ठ/ अन्य
Image
Image
Image
Image
- खेलाडी

जापानकी नेसाहियाले बनाइन स्वर्ण जित्‍ने कान्छी खेलाडीको कीर्तिमान

टोकियो, (खेलाडी)- जापानकी मोमिजे नेसाहिया ओलम्पिक इतिहासमा एकल विधातर्फ  स्वर्ण जित्‍ने कान्छी खेलाडी बनेकी छिन् ।

टोकियो ओलम्पिक २०२० बाट मात्र ओलम्पिकमा समावेश गरिएको स्केट बोर्डिङमा सोमबार १३ वर्ष र ३ सय ३० दिनको उमेरमा नेसाहियाले स्वर्ण जितिन् । पहिलो स्थान हात पार्ने क्रममा नेसाहियाले ब्राजिलकी रेयसा लिइल र जापानकी फुना नाकायामालाई पछि पारिन् । १३ वर्ष र २ सय ३ दिनकी रेयसा लिइलले भने ओलम्पिक इतिहासमा स्वर्ण जित्‍ने कान्छी खेलाडी बन्‍ने अवसर गुमाइन् । 

नेसाहियाले महिला स्ट्रिटतर्फ १५.२६ को स्कोरका साथ स्वर्ण पदक पक्का गरेकी हुन् । यससँगै जापानले स्केटबोर्डमा क्लिन स्विप गर्‍यो । यसअघि आइतबार पुरुष स्ट्रिट विधातर्फ जापानकै होरिगोमी युतोले स्वर्ण पदक जितेका थिए । ‘म स्वर्ण पदक जित्‍ने कान्छी खेलाडी बनें । यसमा मलाई गर्व छ । पहिलो ओलम्पिक सहभागितामै मैले सफलता पाएँ,’ नेसाहियाले भनिन्, ‘मसँग यो क्षण वर्णन गर्ने कुनै शब्द छैन ।’ 

टोकियो ओलम्पिक २०२० मा स्केट बोर्डिङसहित सर्फिङ, स्पोर्ट्स क्लाइम्बिङ र कराते गरी कुल ४ खेललाई पहिलो पटक समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

\