Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

ओमानलाई नेपालको १ सय ९७ रनको लक्ष्य

काठमाडौं, (खेलाडी)– विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई  १ सय ९७ रनको मध्यम लक्ष्य दिएको छ ।

अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदा  १ सय ९६  रन मात्र जोडेको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रनको योगदान गर्दा कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१  रन बनाए ।  रोहितकुमार पौडेलले २० रनको योगदान  गरे । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य कुनै पनि ब्याटस्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालको इनिङमा दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ५८ रनको साझेदारी गरेका थिए । अमेरिकाविरुद्धको पहिलो खेलमा सोमबार ८४ रन जोडेका कुशललाई बिलाल खानले विकेटकिपर सुरज कुमारबाट क्याच गराएका थिए ।

ज्ञानेन्द्रले ३३ बल खेल्दै १ चौका प्रहार गरे । ज्ञानेन्द्र पवेलियन फर्किएपछि ब्याटिङ गर्न आएका रोहितसँग आसिफले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । रोहितले सोमबार अमेरिकाविरुद्धको खेलमा अविजित ६२ रन जोडेका थिए ।

आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओमानका बिलाल खानले ४ विकेट लिँदा नेस्टर डाम्बाले २ निकाले । मोहम्मद नादिम  र जेसान मक्सुदको नाममा समान १ विकेट रह्यो।

 

प्रतिक्रिया दिनुहोस

\