Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

उत्कृष्ट पुनरागमनमा एभर्टन विजयी

एभर्टन, (खेलाडी)- एभर्टनले सोमबार राति सुरुमा गोल खानाका बावजुद इङ्लिस प्रिमियर लिगको खेलमा बर्नलीमाथि ३-१ को जित हासिल गरेको छ ।

दोस्रो हाफमामात्र जीवन्तता पाएको खेलको ५३औं मिनेटमा कप्तान बेन मीले योहान ब्रेग गुडमन्डसनको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । 

तर एभर्टनले पछि परेको सात मिनेटमै बराबरी गोल फर्कायो । घरेलु मैदानमा एभर्टनका लागि एन्ड्रोस टाउनसेन्डको पासमा माइकल किनले ६०औं मिनेटमा बराबरी गोल फर्काए । 

टाउनसेन्डले नै त्यसको पाँच मिनेटपछि अब्दुल्ला डौकोरको पासलाई गोलमा परिणत गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए । एभर्टनले सात मिनेटको बीचमा तीन गोल गरेको खेलमा टोलीका लागि तेस्रो गोल डेमाराई ग्रेले ६६औं मिनेटमा गरे । ग्रेले डौकोरको पासमा गोल गरेका थिए ।

जितपछि एभर्टन चार खेलमा १० अंक जोड्दै अंकतालिकाको शीर्ष टोली म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गर्न सफल भयो । चार खेलको समाप्तीमा युनाइटेड, चेल्सी, लिभरपुल र एभर्टन समान १० अंकका साथ शीर्ष चार स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस

\