Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

बिल्बाओ स्पेनिस ला लिगाको शीर्ष स्थानमा

मड्रिड (खेलाडी)– रियाल मायोर्कालाई २-० को नतिजामा हराउँदै एथ्लेटिक बिल्बाओ गए राति स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितपछि चार खेलमा आठ अंकका साथ बिल्बाओ शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेका रियाल मड्रिड, सेभिया, भ्यालेन्सिया, बार्सिलोना र एथ्लेटिको मड्रिड समान ७ अंकका साथ क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

६८औं मिनेटमा ड्यानियल भिभानको गोलमा बिल्बाओले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि इनाकी विलियम्सले बिल्बाओको अग्रता दोब्बर पारेका थिए ।

स्पेनिस ला लिगामा शनिबार राति नै भएको अर्को खेलमा लेभान्टे र रोयल भालेकानोले १-१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस

\