Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

कोसोभोमाथि साँघुरो जितका साथ स्पेन समूहको शीर्ष स्थानमा कायम

कोसोभो, (खेलाडी)- स्पेनले विश्वकपको युरोपियन छनोटअन्तर्गत आफ्नो समूह ‘बी’ को शीर्ष स्थानमा पकड कायम राख्ने क्रममा गए राति कोसोभोमाथि २-०को जित हासिल गरेको छ । 

पाव्लो फोर्नालले साँघुरो एंगलबाट अन्तर्राष्ट्रिय गोल खाता खोलेको खेलको अन्तिम समयमा फेरान टोरेसले अर्को गोल थपेपछि स्पेन प्रतिस्पर्धात्मक खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । 

घरेलु टोली कोसोभोका लागि मिलोट साशिचा र भेडेट मुरिकी गोलका सुनौलो अवसरबाट चुक्दा फोर्नाल र टोरेसका गोल स्पेनका लागि निर्णायक बनेका थिए । 

विश्वकपको छनोट खेलमा १९९३ यता अपराजित रहँदै आएको स्पेनको अपराजित यात्रामा स्विडेनसँगको पराजित पूर्णविराम लागेको थियो । जहाँ टोलीले ६६ खेलसम्म अपराजित रहने सफलता हासिल गरेको थियो । तर जर्जिया र कोसोभोमाथि लगातार जित हासिल गर्दै स्पेन विश्वकप छनोट यात्रालाई पुनः लिकमा फर्काउन सफल भयो ।

अल्भारो मोराटाको पासलाई अत्यन्तै साँघुरो एंगलबाट गोलमा परिणत गर्दै फोर्नाल्सले ३२औं मिनेटमा स्पेनलाई अग्रता दिलाएका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । टोरेसले मिकेल मोरिनोको पासलाई गोलमा परिणत गर्दै अन्तिम मिनेटमा स्पेनको जित पक्का गरे ।

गए रातिको जितपछि लुइस इनरिकेको टोली १३ अंकका साथ दोस्रो स्थानको स्विडेनलाई चार अंकले पछि पार्न सफल भयो । 

जेनी एन्डरसनको स्विडेनले गए राति नै भएको अर्को खेलमा ग्रिसलाई २-१ को नतिजा सुम्पिएको थियो । ६ खेल खेलेको शीर्ष टोली स्पेनभन्दा चार अंकले पछि परे पनि स्विडेनले दुई खेल कम खेलेको छ । 

समूहको अर्को खेलका लागि ग्रिसको भ्रमण गर्दा स्विडेनले जारी छनोट चरणको चौथो खेलमा पहिलो पराजय भोगेको थियो । 

दोस्रो हाफमा मात्र तीन गोल भएको खेलमा ग्रिसका लागि एनास्टासियोस बेकासेटासले ६२औं मिनेटमा पहिलो गोल गरेका थिए । इभान्जेलोस भालिडिसले ७८औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे । 

स्विडेनका लागि रोबिन क्विसोनले समय सकिन १० मिनेट बाँकी रहँदा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । 

प्रतिक्रिया दिनुहोस

\