Breaking News
गृहपृष्ठ/ टेनिस
Image
क्यारोलिन प्लिसकोभा
Image
Image
Image
- खेलाडी

प्लिसकोभा फाइनलमा, उपाधिका लागि बार्टीसँग खेल्ने

लन्डन, (खेलाडी)- क्यारोलिन प्लिसकोभाले बिहीबार सेमिफाइनलमा पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि उत्कृष्‍ट पुनरागमन जनाउँदै तीन सेटसम्म चलेको प्रतिस्पर्धामा एरिना साबालेन्कामाथि जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेकी छिन् । 

सेन्टर कोर्टमा साबालेन्कामाथि ५-७, ६-४, ६-४ को नतिजामा जित हासिल गरेकी प्लिसकोभाले फाइनलमा अस्ट्रेलियाकी एश्लेघ बार्टीसँग प्रतिस्पर्धा गर्नेछिन् । बार्टीले बिहीबारै चाढोगरी सम्पन्‍न सेमिफाइनलमा एन्जेलिक केर्बेरमाथि ६-३, ७-६(७/३) को सोझो सेटमा जित हासिल गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेकी थिइन । 

प्लिसकोभाको जितसँगै शनिबारको फाइनलमा जसले जित हासिल गरे पनि महिला एकलमा विम्बल्डनले यसपाली नयाँ च्याम्पियन पाउने पक्का भएको छ । प्लिसकोभा र बार्टी दुवै विम्बल्डनको फाइनल पुगेको यो पहिलो पटक हो । त्यसो त साबालेन्का पनि यसअघि प्रतियोगिताको फाइनल पुग्‍न सकेकी थिइनन् । बिहीबारको सेमिफाइनल नै दोस्रो वरियताकी साबालेन्का र आठौं वरियताप्राप्त प्लिसकोभा दुवैका लागि विम्बल्डनमा पहिलो अन्तिम चारको खेल थियो । 

प्रतिक्रिया दिनुहोस

\