Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

इपिएल असोजमा हुने

काठमाडौं, (खेलाडी)- एभरेष्‍ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण आगामी असोज ९ गतेबाट सुरु हुने भएको छ । 

इपिएलका संस्थापक प्रमूख कार्यकारी अधिकृत (सिइओ) आमिर अख्तरले जानकारी गराएअनुसार अन्तर्राष्‍ट्रिय क्रिकेट परिषद (आइसिसी)बाट यो वर्षको प्रतियोगिताका लागि स्विकृति प्राप्त भएसँगै मिति तय गरिएको हो । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगिता असोज २३ गतेसम्म चल्नेछ । 

अख्तरले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार नेपाल क्रिकेट संघ (क्यान)ले पनि प्रतियोगिताको मिति स्विकृत गरिसकेको छ । 

अन्तर्राष्‍ट्रिय क्रिकेटका स्टार खेलाडीहरुको लागि समेत आकर्षक गन्तव्यका रुपमा स्थापित भइसकेको नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता गत वर्ष कोभिड १९ को महामारीका कारण स्थगित भएको थियो । 

अख्तरले यसपालीको प्रतियोगितामा अन्तर्राष्‍ट्रिय क्रिकेटका केही ठूला नामको उपस्थिती हुने जानकारी गराएका छन् । ‘बडा दशैको विदा सुरु हुनुभन्दा ठिक अगाडि सुरु हुने प्रतियोगितामा यो वर्ष अन्तर्राष्‍ट्रिय क्रिकेटका केही ठूला नामलाई देख्‍न पाइनेछ,’ अख्तरले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

\