पिएसजी जाने निर्णय सहीः मेसी

पेरिस, (खेलाडी)- अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले स्पेनिस ला लिगा क्लब बार्सिलोना छोड्दै फेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने निर्णय गलत नभएको बताएका छन् ।

बार्सिलोनाले ला लिगाको आर्थिक निमयका कारण मेसीसँगको सम्झौता नविकरण गर्न नसक्ने बताएपछि उनी पिएसजीमा अनुबन्धन भएका थिए । पिएसजी यात्रासँगै मेसीको क्याम्प नोउको यात्रामा पूरविराम लागेको थियो । मेसीले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

बार्सिलोनामा रहँदा ३५ उपाधि जितेका मेसीले सबै खाले प्रतियोगिता गरि ६ सय ७२ गोल गरेका थिए ।

मेसीले पिएसजी जाने निर्णयमा आफु सन्तुष्ट रहेको बताए । पिएसजीमा भित्रिएपछि मेसीले क्लबका लागि एक गोल गरेका छन् । उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध २–० को जित हात पारेको खेलमा एक गोल गरेका थिए । यद्धपी मेसीले लिग वानमा भने गोल खाता खोल्न बाँकी छ ।

'मैले पिएसजीमा गएर कुनै गल्ती गरेको छैन', मेसीले भने ।