Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

अर्जेन्टिनालाई समयमै क्वारेन्टिन नियमबारे जानकारी गराएका थियौं : सिबिएफ

रियो दी जेनेरियो, (खेलाडी)- ब्राजिली फुटबल संघ (सिबिएफ) ले अर्जेन्टिनी टिमलाई इङ्लिस प्रिमियर लिगका खेलाडीहरु अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमबारे पहिल्यै जानकारी गराएको स्पष्टिकरण दिएको छ । 

कोभिड १९ महामारी नियन्त्रणका लागि लागु गरिएको स्वास्थ्य मापदण्ड अर्जेन्टिनी टोलीका चार खेलाडीले नमानेको भन्दै ब्राजिली स्वास्थ्य अधिकारीहरुले सोमबार बिहान विश्वकप छनोटअन्तर्गतको खेल सुरु हुनेवित्तिकै रोकेका थिए । स्वास्थ्य अधिकारीहरुले बेलायतबाट आएका चार अर्जेन्टिनी खेलाडीहरुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम उल्लंघन गरेको भन्दै मैदानमै प्रवेश गरेर ब्राजिल र अर्जेन्टिनाबीचको खेल रोकेका थिए । 

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफूहरुलाई समयमा जानकारी नगराएर खेल सुरु भएपछि ब्राजिली अधिकारीहरु खेल रोक्न मैदान छिरेको भन्दै आइतबार आक्रोष पोखेका थिए । 

ब्राजिलको स्वास्थ्य मापदण्डअनुसार बेलायतबाट आउने मानिसले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्छ । बेलायतले पनि पछिल्लो १४ दिनमा ब्राजिलमा रहेको मानिसले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरेको छ । 

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत अंकतालिकाको शीर्ष दुई टोलीबीचको खेलमा अर्जेन्टिनाले एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेज र टोटेनहमका दुई खेलाडी क्रिस्टियन रोमेरो तथा जियोभानी लो सेल्सोलाई पहिलो रोजाइमै राखेको थियो । 

ब्राजिलले पनि प्रिमियर लिगका नौं खेलाडीलाई टिममा समावेश गरेर बोलाएको थियो । तर दुवै देशमा लागु कडा स्वास्थ्य मापदण्डका कारण प्रिमियर लिगका अधिकांश क्लबहरुले खेलाडी रिलिज नगरेपछि ब्राजिलका कुनै पनि खेलाडी आएका थिएनन् । 

प्रतिक्रिया दिनुहोस

\