Breaking News
गृहपृष्ठ/ भलिबल
Image
Image
Image
Image
- खेलाडी

नेपालमा पहिलो पटक फ्रेन्चाइज भलिबल

काठमाडौं, (खेलाडी)- क्रिकेट र फुटबललाई पछ्याउँदै नेपाली भलिबलमा पनि फ्रेन्चाइज लिग हुने भएको छ ।

नेपाल भलिबल संघले नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा पहिलो पटक महिला र पुरुष दुवैका लागि फ्रेन्चाइज लिग गर्न लागेको छ । 

संघ र नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टबीच भोलि (मंगलबार) लिग आयोजनाको विषयमा सम्झौता हुनेछ । 

नेपाल भलिबल संघका एक पदाधिकारीले पहिलो पटक गरिन लागेको फ्रेन्चाइज लिग आयोजनाका सबै विषयमा मंगलबार स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टसँग सम्झौता हुने र सोही कार्यक्रम बीच प्रतियोगिताको बारेमा सबै जानकारी गराइने खेलाडी डटकमलाई बताए । 

लामो समयदेखि ठप्प रहेको खेलकुद क्षेत्रले पनि विस्तारै खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । 
 
नेपाली महिला टिमले पहिलो पटक एसियन भलिबल च्याम्पियनसिप खेल्न तयारी गरेको थियो । 

टिमले च्याम्पियनसिपकालागि तयारी सुरु गर्‍यो । तर कोभिड १९ महामारीको कारण देखाउँदै आयोजकले नेपाल र भारतलाई सहभागि गराउन नसक्ने बताएपछि नेपाली महिला टोलीको पहिलो पटक एसियाली प्रतियोगिता खेल्ने तयारी बीचमै अलपत्र परेको थियो । 

पुरुष टोलीले पनि १३औं दक्षिण एसियाली खेलकुद (साग)पछि टोलीले संयुक्त रुपमा प्रशिक्षण गर्न पाएको छैन । 

प्रतिक्रिया दिनुहोस

\