Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

इङ्ल्यान्डको जित्ने सम्भावना कायम

लन्डन, (खेलाडी)- ओपनर रोरी बर्नस र हासिन हामिदले सम्हालिएको प्रदर्शन गरेपछि इङ्ल्यान्डले चौथो टेस्टमा जितको सम्भावना कायम राखेको छ ।

चौथो दिनको खेल समाप्तीमा इङ्ल्यान्ड विना विकेट क्षति ७७ रनमा खेलिरहेको छ । जित्नका लागि इङ्ल्यान्डलाई २ सय ९१ रन आवश्यक छ । बर्नस अविजित ३१ र हामिद अविजित ४६ रनमा खेलिरहेका छन् । बर्नसले १ सय ९ बलमा ४ चौका प्रहार गर्दा ८५ बल खेलेका हामिदले ६ चौका प्रहार गरे ।

यसअघि २७०-३ बाट चौथो दिनको खेल सुरु गरेको भारतले थप १ सय ९६ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । भारतका कप्तान विराट कोहलीले ४४, रिसभ पन्तले ५० र सार्दुल ठाकुरले ६० रनको योगदान गरे । भारतले दोस्रो इनिङमा ४ सय ६६ रनको योगफल तयार पारेपछि इङ्ल्यान्डले जितका लागि ३ सय ८९ रनको लक्ष्य पाएको थियो ।

इङ्ल्यान्डका क्रिस ओक्सले ३, ओल्ली रोबिन्सन र मोइन अलीले समान २  विकेट लिए ।

भारतले पहिलो इनिङमा १ सय ९१ रन जोडेको थियो भने इङल्यान्डले २ सय ९० रन बनाएको थियो ।

पाँच टेस्टको शृंखला १-१ को बराबरीमा रहेको छ ।  पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट इङ्ल्यान्डले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

\