क्रोएसिया, रुस र स्लोभेनिया विजयी

पेरिस, (खेलाडी)- विश्वकप छनोटअन्तर्गत युरोपेली प्रतियोगिताको समूह ‘एच’मा गए राति क्रोएसिया, रुस र स्लोभेनियाले जित हासिल गरेका छन् । 

क्रोएसियाले समय सकिन चार मिनेट बाँकी रहँदा मार्को ब्रोजोभिचले गरेको गोलबाट स्लोभाकिया भ्रमणमा १-० को जित निकाल्दा रुसले साइप्रसलाई २-०, तथा स्लोभेनियाले माल्टालाई १-० को नतिजामा निराश पारे । 

रुसले साइप्रस भ्रमणमा २-० को जित निकाल्दा एलेक्जेन्डर येरोखिन र रिफात झेमालेट्डिनोभले गोल गरे । यसैगरी स्लोभेनियालाई घरेलु मैदानमा जित दिलाउन सान्डी लोभरिचले मध्यान्तर हुनै लाग्दा प्राप्त पेनाल्टीमा गोल गरे । 

गएरातिका नतिजापछि पाँच खेलको समाप्तीमा १० अंक जोड्दै रुस र क्रोएसिया समूहको शीर्ष दुई स्थानमा छन् । सात अंक जोडेको स्लोभेनिया तेस्रो स्थानमा रहँदा ६ अंकमा सिमित स्लोभाकिया चौथो स्थानमा छ । समान चार अंक बटुलेका माल्टा र साइप्रस पुछारका दुई स्थानमा सिमित छन् ।