Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

जोकोभिच युएस ओपनको चौथो चरणमा

न्युयोर्क, (खेलाडी)- वर्षको सबै चार ग्रान्ड स्लाम जित्ने कीर्तिमानको अभियानमा रहेका सर्बियाका नोभाक जोकोभिच युएस ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको खेलमा विश्व नम्बर एक जोकोभिचले केइ निसिकोरीलाई ६-७ (७/७), ६-३,  ६-३, ६-२ को जितका साथ चौथो चरणमा स्थान पक्का गरेका हुन् । 

यस वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन, विम्बल्डन र फेन्च ओपन जितिसकेका छन् । उनी सन् १९६९ मा रड लाभरले एकै वर्ष सबै चार ग्रान्ड स्लाममा गरेको क्लिन स्विपको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा छन् ।

जोकोभिच कीर्तिमानी २१ औं ग्रान्ड स्लामको समेत अभियानमा छन् । चौथो चरणमा जोकोभिचको भेट रुसका अल्सान क्रात्सेभ र अमेरिकाका जेन्सन ब्रोक्सबेबीचको विजेतासँग हुनेछ ।

‘मैले आज सोचेजस्तो सुरुआत भने गर्न सकिन तर उनले मलाई आफ्नो उत्कृष्ट खेलले आश्चर्यमा पारे,’ जोकोभिचले भने, ‘मलाई आफ्नो स्वभाविक खेलमा फर्कन केही समय लाग्यो ।’

आइतबारै जर्मनीका ओस्कार ओट्टी इटालीका आन्द्रिया सिप्पीलाई हराउदै पहिलो पटक ग्रान्ड स्लामको चौथो चरणमा प्रवेश गरे । 

ओट्टीले सिप्पीमाथि ६-३, ६-४, २-६, ७-५ को जित हात पारेका थिए । ओट्टीले पाँचौ चरण प्रवेशका लागि विम्बल्डनका उपविजेता माट्टियो बेरेन्टिनीसँग हुनेछ । 

यसैगरी युएस ओपनमा आइतबार बिहानै भएका अन्य खेलमा जित हासिल गर्दै कार्लोस अल्कारेजर डिएगो स्वार्टजम्यानले पनि चौथो चरणको टिकट काटेका छन् । 

प्रतिक्रिया दिनुहोस

\