लापरबाही नगर्न क्लोपको आग्रह

लन्डन, (खेलाडी)-  लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले मानिसहरुले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउन अस्विकार गर्नुको कारण पत्ता लगाउन नसकेको बताएका छन् ।

 इङलिस प्रिमियर लिग क्लबका केही प्रतिशत खेलाडीले मात्र कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएपनि आफ्नो क्लबका सबै खेलाडी, पदाधिकारी र मैदानका कर्मचारीले भने कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसकेको दाबी गरे । क्लोपले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउन कसैलाई कर गर्नु नपरेको बताए ।

‘मैलै कोभिड १९ विरुद्ध भ्याक्सिन लगाउन मानिन भने त्यो मेरो कमजोरी हुनेछ । किनभने मेरो लापरबाहीले मैले अरुमा संक्रमण फैलाउन सक्छु । त्यसैले भ्याक्सिन लगाएर ढुक्क बस्नुपर्छ,'क्लोपले भने ।



्