क्रोएसिया र रुस बराबर

पेरिस, (खेलाडी)- क्रोएसिया र रुसले गए राति गोलरहित बराबरी नतिजा निकाकल्दै विश्वकप छनोट अन्तर्गत समूह ‘एच’को शीर्ष स्थानमा संयुक्त पकड कायम राखेका छन् । 

बराबरी नतिजापछि चार खेलको समाप्तीमा समान सात अंकका साथ क्रोएसिया र रुस शीर्ष दुई स्थानमा कायम छन् । गोलअन्तरमा अगाडि रहेको क्रोएसिया शीर्ष स्थानमा रहँदा रुस दोस्रो स्थानमा कायम छ । 

यसैगरी तेस्रो स्थानको स्लोभाकिया र चौथो स्थानको स्लोभेनियाले पनि गए राति बराबरी नतिजा निकाले । १-१ को बराबरी नतिजा निस्किएको खेलमा रोबर्ट बोजेनिकको गोलबाट स्लोभाकियाले ३२औं मिनेटमा अग्रता लिएको थियो । मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा पिटर स्टोजानोभिकले स्लोभेनियालाई खेलमा फर्काए । 

बराबरी नतिजासँगै अंक बाडेपछि स्लोभाकिया ६ अंकका साथ तेस्रो स्थानमा कायम रहँदा स्लोभेनिया चार अंकका साथ चौथो स्थानमा छ । 

यसैगरी समूहको अर्को खेलमा साइप्रसमाथि ३-० को जित हासिल गर्दै माल्टा पाँचौं स्थानमा उक्लिएको छ । समान चार अंक भए पनि गोलअन्तरमा माथि रहेका कारण माल्टा पाँचौं स्थानमा उक्लिँदा साइप्रस भने पुछारमा झर्यो ।