Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

साबालेन्का र हालेप तेस्रो चरणमा

न्युयोर्क, (खेलाडी)- दोस्रो वरियताकी एरिना साबालेन्का बुधबार कोर्टमा लडेर हातमा चोट लाग्नाका बावजुद तामारा जिदानसेकलाई सोझो सेटमा हराउदै युएस ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।्

दोस्रो चरण्को खेलमा साबालेन्काले जिदानसेकमाथि ६-३, ६-१ को सोझो विजय हासिल गरिन् । बेलारुसकी साबालेन्का पहिलो सेटमा कोर्टमा लडेकी थिइन् । उनको हात सुन्निएको थियो । खेल दौरान उनले निरन्तर बरफले हात सेकेकी थिइन् । उनले तेस्रो चरणमा अमेरिकाकी ड्यानले कोलिन्सको सामना गर्ने छिन् ।

‘हात भाच्चियो की भनेर म निक्कै डराएको थिएँ । मलाई धेरै पीडा भइरहेको थियो,’ सावालेन्काले भनिन्, ‘अन्तत खेल आफ्नो पक्षमा पार्न सफल भएँ । हातमा केही समस्या छ । केही दिनको आरामले राहत मिल्नेछ ।’

यसअघि बुधबार सिमोना हालेप पनि स्लोभाकियाकी क्रिस्टिना कुकोभालाई हराउदै तेस्रो चरणमा प्रवेश गरिन् । रोमानियाकी हालेपले कुकोभालाई ६-३, ६-१ को सोझो सेटमा हराएकी थिइन् । 

साविक विजेता जापानकी नाओमी ओसाकाले भने सर्बियाकी खेलाडी ओग्ला ड््यानिलोभिचबाट वाकओभर पाइन् ।ओसाकाले तेस्रो चरणमा क्यानाडाकी लेल फर्नान्डेजको सामना गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस

\