साउल युरोपियन च्याम्पियन चेल्सीमा

लन्डन, (खेलाडी)- इङ्लिस प्रिमियर लिगको टोली चेल्सीले मंगलबार एट्लेटिको मड्रिडका स्पेनिस मिडफिल्डर साउल निग्वेजलाई लोनमा भित्र्याएको छ ।

२६ वर्षे साउल गत सिजन एट्लेटिकोले ला लिगाको उपाधि जित्दा टोलीका महत्वपूर्ण खेलाडी थिए । उनले गत सिजन डिएगो सिमोनीको टोलीबाट ३३ खेल खेलेका थिए ।

युरोपेली च्याम्पियन चेल्सीले साउललाई भित्राउनेमा दुविधा थियो । यद्धपी सुरुजा बजार बन्द हुन केही समय अघि मात्र चेल्सीले उनीसँगको अनुबन्धन प्रक्रिया पूरा गर्‍यो । यसअघि चेल्सीले सेभियाका रक्षक ज्युल्स खौडेलाई अनुबन्धन गर्ने प्रस्ताव गरे पनि सेभियाले अस्विकार गरेको थियो ।

‘म चेल्सीमा जान पाउदा निकै खुशी छु,’ साउलले भने, ‘चेल्सी समर्थकहरु, आजबाट म पनि तपाइहरुकोे सदस्य भएँ । म चेल्सीको जर्सीमा मैदान उत्रँन आतुर छु ।’

एट्लेटिकोबाट ४ सय ४७ खेल खेलेका साउलले ५३ गोल गरेका छन् । कोर्ट जुमा वेस्ट ह्याम गएसँगै चेल्सीले खौडेलाई अनुबन्धन गर्ने तयारी गरेको थियो । तर थोमस टचेलको टोलीले उनका लागि गरिएको ८ कंोड युरोको माग पूरा गर्न सकेन ।

चेल्सीका रक्षक एथान एम्पाडु एक सिजनका लागि लोनमा इटालियन सिरी ‘ए’को क्लब भिन्जिया गएका थिए ।