टेबल टेनिस

टेबलटेनिसका सफल शिवसुन्दर

नेपाली टेबलटेनिसमा पछिल्लो पुस्ताका सफल खेलाडी हुन् शिवसुन्दर गोथे । उनले सन् १९९७ मा बंगलादेशमा सम्पन्न प्रथम दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसयता उनले निरन्तर नेपाली टेबलटेनिसबाट देशको प्रतिनिधित्व गरिरहेका छन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई रजत पदक दिलाउनु शिवसुन्दरको सबैभन्दा ठूलो उपलब्धि हो । त्यसअघि उनले १० देखि १२औं सागसम्म लगातार कांस्य पदक जितेका थिए ।

उनले हालसम्म पाँच दक्षिण एसियाली खेलकुद, दुई एसियाली खेलकुद, चार एसियाली टेबलटेनिस च्याम्पियनसिप र तीन विश्व टेबलटेनिस च्याम्पियनसिपमा आफ्नो प्रदर्शन देखाइसकेका छन् ।

२६ वर्षदेखि टेबलटेनिसलाई नै आफ्नो सारथि बनाएका शिवसुन्दरले टेबलटेनिसको कोचिङ कोर्समा लेभल–२ उत्तीर्ण गरिसकेका छन् । भावी दिनको प्रशिक्षणतिर लम्कने उनको लक्ष्य छ ।

कक्षा आठमा पढ्दा स्कुलको सिमेन्ट बोर्डमा धेरथोर टेबलटेनिस खेल्ने गरेका उनलाई विस्तारै यसमै लगाव बस्यो । स्कुलभित्रै हुने प्रतियोगितामा भाग लिन थाले । जतिबेला प्रतियोगिताहरूमा सफलता पाएका थिए । त्यसले उनलाई टेबलटेनिसतर्फ आकर्षित गर्न झन प्रेरित गरिरह्यो । तेस्रो स्थान प्राप्त गरे पनि उनका लागि ठूलो सफलता मिलेको आभाष हुन्थ्यो ।

स्कुले उमेरदेखि नै टेबलटेनिसमा भुल्न थालेका उनले एसएलसी (०५१) पछि मात्रै राम्रोसँग प्रशिक्षण सुरु गरेका थिए । शिवसुन्दरले तत्कालीन चलनचल्तीको भाषामा भन्दा फलामे ढोका पार गरेकै बेला भक्तपुर नगरपालिकामा प्रशिक्षण सुरु गरेका थिए । आफ्नो लगावको खेलमा भक्तपुरमै प्रशिक्षण गर्न पाएकामा उनी थप खुसी भएका थिए ।

उनी २०६५ सालमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बने । प्रशिक्षणका बेला आफूभन्दा सिनियर खेलाडीले च्याम्पियनको बिल्ला भिरेको देख्दा मोहित हुने शिवसुन्दरका लागि राष्ट्रिय प्रतियोगितामा पाएको सफलता करियरकै सबैभन्दा खुसीको क्षण थियो । त्यसपछि उनी २०६७ सालमा दोस्रो पटक र २०७० सालमा तेस्रो पटक राष्ट्रिय च्याम्पियन बन्न सफल भए ।

शिवसुन्दरले २०५३ सालमा पहिलो पटक जैसीदेवल कपमा स्वर्ण पदक जिते । त्यसपछि लय समातेको उनको करियरले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।

उनी २०६५ सालमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बने । प्रशिक्षणका बेला आफूभन्दा सिनियर खेलाडीले च्याम्पियनको बिल्ला भिरेको देख्दा मोहित हुने शिवसुन्दरका लागि राष्ट्रिय प्रतियोगितामा पाएको सफलता र सागमा नेपाललाई रजत पदक दिलाउनु उनकाे करियरकै सबैभन्दा खुसीको क्षण थियो । त्यसपछि उनी २०६७ सालमा दोस्रो पटक र २०७० सालमा तेस्रो पटक राष्ट्रिय च्याम्पियन बन्न सफल भए ।

त्यस्तै २०६४ सालमा भएको राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता, २०६६ सालको एएनएनटिए कप, २०७० सालको ग्यालेक्सी कप र २०७३ सालको भेनस कपमा स्वर्ण पदक जितेर आफ्नो करियरलाई थप शिखरमा पुर्‍याए ।

शिवसुन्दरका लागि १२औं दक्षिण एसियाली खेलकुदमा पुरुष डबल्सको क्वाटरफाइनल खेल्दाको क्षणले साह्रै निराश बनाउँछ । उक्त खेल तेस्रो सेटमा चलिरहेको थियो । डबल्स पार्टनरको खुट्टामा चोट लागेपछि सुरुआती लयमा खेल्न नसक्दा दुई सेटमा अग्रता लिएर पनि खेल गुमाउनुपरेको थिया । त्यसले गर्दा खेल ३–२ सेटले गुमाउनुलाई उनी आफ्नो खेलजीवनको सबैभन्दा दुखद क्षण मान्छन् । त्यो खेल जितेको भए कम्तीमा कांस्य जित्ने पक्का थियो भने स्वर्णको बलियो सम्भावना बन्थ्यो । तर, चोटकै कारण उनीहरूले पदक गुमाएका थिए ।

पहिला त आफ्नो प्यासनको काम गर्दै छु भन्ने कुराले नै उनलाई सन्तुष्ट दिन्थ्यो । तर, जिम्मेवारी बढ्दै र भूमिका फरक हुँदै गएपछि संन्यासको समयमा आइपुग्दा अरूरूार्थिक स्थितिले सन्तुष्टि नदिने नमीठो यथार्थ भोग्दैछन् । संन्यासपछि खेलाडीलाई सम्बन्धित क्षेत्रमै राख्न नसक्ने सरकारको नीतिगत कमजोरीको सिकार हुन्छु कि भन्ने डरले उनलाई सताइरहन्छ । त्यसमाथि सम्बन्धित खेलनिकायले यसलाई अझै पनि चासोको विषय नबनाएको देख्दा शिवसुन्दरको मन अमिलो हुन्छ ।

२६ वर्षसम्म टेबलटेनिसमै आफूलाई समर्पित गरेका शिवसुन्दरलाई परिवार, समाज र राष्ट्रप्रति गर्व गर्न लायक केही गरेको रहेछु भन्ने कुराले सन्तुष्टि दिलाउँछ । साढे दुई दशक यसैमा बिताएका उनी अब भने संन्यासको योजना बुन्दै छन् । आफ्नो प्यासनलाई पछ्याउँदै टेबलटेनिसलाई ‘प्रोफेसन’ बनाएका शिवसुन्दर यस क्षेत्रबाट पूर्ण सन्तुष्ट हुन भने सकेका छैनन् ।

पहिला त आफ्नो प्यासनको काम गर्दै छु भन्ने कुराले नै उनलाई सन्तुष्ट दिन्थ्यो । तर, जिम्मेवारी बढ्दै र भूमिका फरक हुँदै गएपछि संन्यासको समयमा आइपुग्दा अरूरूार्थिक स्थितिले सन्तुष्टि नदिने नमीठो यथार्थ भोग्दैछन् । संन्यासपछि खेलाडीलाई सम्बन्धित क्षेत्रमै राख्न नसक्ने सरकारको नीतिगत कमजोरीको सिकार हुन्छु कि भन्ने डरले उनलाई सताइरहन्छ । त्यसमाथि सम्बन्धित खेलनिकायले यसलाई अझै पनि चासोको विषय नबनाएको देख्दा शिवसुन्दरको मन अमिलो हुन्छ ।

खेलाडीको रूपमा पनि शिवसुन्दर सरकारी असहयोगको सिकार नभएका भने होइनन् । हालसम्म ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा सरकार तथा सम्बन्धित निकायले चासो नदेखाउँदा व्यक्तिगत खर्चमै सहभागिता जनाउनुपरेको यथार्थता उनीसँग छ । खेलाडीले खेलेर कमाउनु त परको कुरा जसोतसो गरी कमाएको पनि खेल्न जाँदामै खर्च गर्नुपर्ने उनी सुनाउँछन् ।

यो टेबलटेनिसमात्र नभई समग्र खेलकुद क्षेत्रको समस्या मान्छन् शिवसुन्दर । दीर्घकालीन सोचको विकास हुन नसक्नु र लगानी नगरी नतिजा राम्रो खोज्ने परिपाटीका कारण खेलक्षेत्रले गति लिन नसकेको उनको बुझाइ छ ।

‘रिजल्ट नै राम्रो आउँदैन किन प्रतियोगिताका लागि विदेश पठाउनु ? भन्नुले त त्यस्ता व्यक्तिहरूले खेलकुद नबुझेको प्रस्ट हुन्छ नि । राम्रो नतिजाका लागि त्यसैअनुरुप प्रशिक्षण हुनुपर्छ,’ शिवसुन्दरले भने, ‘नतिजा राम्रो नभए पनि धेरै कुरा सिक्छ । अर्को पटकमा अझ धेरै गर्दागर्दै तिखारिँदै राम्रो नतिजासम्म जाने हो । सुरुमै हारिहाल्छ भनेर पठाउनै नखोज्ने । आज हार्ला । भोलि, पर्सि हुँदै भविष्यामा त्यसले राम्रो नतिजा दिन्छ नै ।’

पछिल्लो पटक टेबलटेनिसको एसियाली च्याम्पियनसिपमा भाग लिन जाँदा पनि खेलाडी आफैंले व्यक्तिगत खर्च गर्नुपरेको उनले सुनाए । ‘मैले यसवापत खेलाडीले खेलकुद परिषद्बाट केही खर्च पाउँछ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म त्यसको अत्तोपत्तो छैन,’ उनले गुनासो पोखे ।

विदेशमा भएका ६–७ वटा प्रतियोगिता आफ्नै खर्चमा खेल्न गएको यथार्थ उनीसँगै छ । भन्छन्, ‘खेलाडी आफैंले खर्च गरेर जानु कत्तिको लाजमर्दो अवस्था हो भन्ने देखाउँछ । खेलाडीले खेलेर कमाउनु त परको कुरा यहाँ त जसोतसो गरेर कमाएको पनि आफैं खर्च गर्नु परिरहेको छ ।’

संन्यासको सोच

‘संन्यासको सोच बनाएको छु । अब चाँडै नै संन्यास लिन्छु होला । संन्यासपछि पनि यही क्षेत्रमै लाग्छु भन्ने छ । मसँग भएको अनुभव र क्षमता आउँदो पुस्तामा हस्तान्तरण गर्ने सोच छ । तर मैले सोचेर मात्रै हुँदैन । नीतिगत व्यवस्था छैन, प्लेटफर्म पाउनुपर्यो । यस्तै कारणले धेरै खेलाडी पलायन भएको मैले देखेको छु । नेपालमा खेल अझैसम्म पनि समाजमा सम्मानित स्थान बनाएको छैन जस्तो लाग्छ ।’

शिवसुन्दर एनएनआइपिए (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ) का महासचिव पनि हुन् । संघका बारे उनी भन्छन्, ‘खेलाडीले खेलाडी भएर पाउनुपर्ने अवसरबाट वञ्चित भइरहेका हुन्छन् । कोही बोल्न सकिरहेका हुँदैनन्, कसैलाई सम्बन्धित खेल संघले चेपिरहेको हुन्छ । खेलाडीमा रहेका यस्ता समग्र समस्याको समाधानका लागि एनएनआइपिएले अभिभावकत्व ग्रहण गर्छ । प्रशिक्षणलगायत स्वास्थ्य उपचारमा खेलाडी संघले सकेको सहयोग गरिरहेको छ । खेलाडीका लागि सहारा बनेको छ ।’