
- एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)
- जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’
- अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा
- यस्ता छन् अक्सनअघिको आइपिएल टोली
- फुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमन
- अन्तर विद्यालय बास्केटबलः रातो बंगला विजयी
- एनटिए लिगः भुपेन्द्रलाई स्वर्ण
- दक्षिण एसिया कराते च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा
- रेडिअन्ट कपः जेसिज र श्रृजना ज्ञान सागर सेमिफाइनलमा
- जितले टोलीको आत्मविश्वास बढाएको छः प्रशिक्षक वाडु

काठमाडौं । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) बाट नेपालले कबड्डीमा पदक जित्ने सम्भावना देखिएको छ ।
नेपाललले सोमबार बंगलादेशलाई ३७-२४ ले पराजित गरेसँगै पदक सम्भावना बढेको हो । चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको भिडन्तमा नेपालले पहिलो हाफको १५ मिनेटमा २१-१६ अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘बी’ मा पहिलो जित दर्ता गरेको हो ।
तीन टोली रहेको समूहमा सेमिफाइलन पुग्न एक जितमात्रले पनि हुनेछ । अब, नेपालले मंगलबार इरानसँग खेल्नेछ । इरानले बुधबार बंगलादेशसँग खेल्नेछ ।
इरानले बंगलादेशलाई हराउँदा नेपाल सेमिफाइनल पुग्नेछ । साथै पदक पनि पक्का हुनेछ । एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टोलीले पनि पदक प्राप्त गर्नेछ ।
नेपाली टोलीः
मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट