चैत्र ११, २०८२ बुधबार | ०३:५४:१८
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन टेनिस

स्टारडमको अभाव झेल्दै विश्व टेनिस

काठमाडौं । भनिन्छ, कुनै एउटा खेललाई ठूलै एक स्टार सधैं चाहिन्छ । विश्व टेनिसलाई भने डर छ, नोभाक जोकोभिचले संन्यास लिए भने यो खेलमा यस्तै ठूला स्टारको कमी हुनेछ । त्यसो त यसअघि टेनिसमा ठुल्ठूला नामको कहिल्यै पनि समस्या भएन ।

एकपछि अर्को खेलाडी यो खेलमा आए र चम्किए । तर, अहिले भने अलिकति डर छ, यस्ता ठूला नामको खडेरी लाग्ने त होइन । विश्व टेनिसले पुरुषतर्फ पछिल्लो एक दशकमा एकैपल्ट तीन ठूला नामका खेलाडी आत्मसात गर्यो । तिनीहरूले एकपल्ट गजब टेनिस खेले ।

त्यसमध्ये एक त सर्बियाली जोकोभिच नै भए । अर्का दुई भनेको रोजर फेडेरर (स्विट्जरल्यान्ड) र राफेल नाडाल (स्पेन) हुन् । फेडेररले संन्यास लिइसके । नाडाल संन्यास लिने बाटोमा छन् । जोकोभिचले अब कति नै वर्ष खेल्नेछन् र ?

जोकोभिचपछि अहिले तत्कालका लागि सम्झन सकिने अर्को नाम वर्तमान एटीपी टुरमा कमै छन् । सन् ९० को दशकयता पनि विश्व टेनिसमा नामैले सनसनी मच्चाउन सक्ने खेलाडी धेरै थिए । जस्तो इभान लेन्डल, बोरिस बेकर, स्टेफेन एडबर्ग, आन्द्रे आगासी, पिट साम्प्रास, एन्डी मुरे आदि ।

महिलातर्फ भने यस्तै स्थिति छ । सायद पुरुषको तुलनामा अझ बढी । महिला टेनिसले देखेको पछिल्लो सबैभन्दा ठूलो नाम भनेको सेरेना विलियम्स नै भइन् । उनले पनि संन्यास लिइसकिन् ।

उनीपछि अर्को ठूलो नाम आउनै बाँकी छ । नत्र महिला टेनिसमा पनि पछिल्लो समय ठूलै स्टार खेलाडीको कहाँ कमी थियो र ? सेरेना त त्यसमा सबैभन्दा अगाडि आउने नाम भयो नै ।

जस्तो मार्टिना नभ्रातिलोभा, स्टेफी ग्राफ, मोनिका सेलेस, मार्टिना हिंगिस, जस्टिन हेनिन, भेनस विलियम्स, अन्ना कोर्निकोभा, मारिया सारापोभा आदि । पछिल्लो समय पुरुष र महिला टेनिसमा देखिएको एउटा प्रवृत्ति के हो भने एकै खेलाडीले लगातार जित्नेक्रम देखिएन ।

एउटा ग्रान्ड स्लाम उपाधि जित्ने र त्यसपछि तिनै खेलाडीको खेल खस्कने क्रम देखियो । पुरुषतर्फ त एकै समय तीन महान खेलाडीले वर्चस्व कायम राखे । फेडेरर, नाडाल र जोकोभिचबीच चौथो खेलाडी आउनै सकेनन् ।

यसलाई पनि एउटा मानक नै मानौं । कुनै समय नेपाली मिडियाले टेनिसका समाचारलाई खुबै महत्त्व दिएर छाप्थ्यो । त्यो पनि दिन दिनै ठूला साना सबै प्रतियोगिता पत्रिकाका पानामा उत्तिकै छाउँथे । सानै एटीपीको प्रतियोगिता होस् वा ग्रान्ड स्लाम नै ।

तर, अचेल टेनिस आफैं महत्त्वमा पर्न छाडेको छ । यसको एउटा प्रमुख कारण सायद टेनिसमा स्टारडमको कमी भएर नै हो । फेरि दोहोर्याएर भन्नैपर्छ, एउटा खेललाई ठूलो नामका एउटा खेलाडी भने चाहिन्छ ।