भाद्र २२, २०८१ शनिबार | १७:४९:५१
गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन
शनिबारको दिन पेरिस ओलम्पिक २०२४

४६ सेकेन्डमै रिङ छाडेर किन भक्कानिइन् इटालियन बक्सर करिनी ?

काठमाडौं । फ्रान्समा चलिरहेको पेरिस ओलम्पिकको महिला बक्सिङ प्रतिस्पर्धाको एउटा बाउटमा निकै विवाद भयो । रिङमा इटालियन एन्जेला करिनी र अल्जेरियन इमान खलिफबीच प्रतिस्पर्धा सुरु भयो । सुरु भएको ४६ सेकेन्डमै एन्जेलाले प्रतिस्पर्धा नै छाडेर भक्कानिइन् ।

रिङ छाडेपछि एन्जेलाले यस्तो मुक्काहरू आफूले कहिल्यै नखाएको प्रतिक्रिया दिइन् । ‘मैले कहिल्यै यस्तो मुक्का खाइनँ । तर, म यहाँ जज हैन । यो खेल सही थियो या गलत । यो मेरो फैसला गर्ने काम पनि हैन ।’

आइओसीले विज्ञप्ति जारी गर्दै पेरिस ओलम्पिक बक्सिङ युनिटको नियमका आधारमा प्रतियोगितामा खेलाडीलाई खेल्न दिएको जनाएको छ ।

जसका कारण एन्जेलाले खेल छाडिन्, उनलाई एक वर्षअघि अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबिए)ले जेन्डर टेस्टमा फेल गरेको थियो । आइबिएले पछिल्लो वर्ष भारतको दिल्लीमा भएको महिला विश्व च्याम्पियनसिपमा उनै इमानलाई खेल्न दिइएको थिएन ।  जेन्डर टेस्ट हुँदा महिला खेलाडीमा पुरुष हार्माेन स्तर बढी पाइएपछि प्रतियोगिताबाट आउट गरिन्छ ।

त्यसैले पेरिस अ‍ोलम्पिकमा इमानले पहिलो खेल जितेपछि प्रश्न उठेको थियो । प्रश्न थियो महिलासँग पुरुषको किन प्रतिस्पर्धा ?, आइबिएले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई प्रश्न गरेको छ । आइबिएले भनेको छ, ‘आईओसीले नियम उल्लघंन ग¥यो ।’

यसैबीच आइओसीले विज्ञप्ति जारी गर्दै पेरिस ओलम्पिक बक्सिङ युनिटको नियमका आधारमा प्रतियोगितामा खेलाडीलाई खेल्न दिएको जनाएको छ ।

इमान र एन्जेलाको खेलअघि नै विभिन्न प्रश्न सुरु भइसकेको थियो । इमानसँगै चाइनिज ताइपेइकी बक्सर लीन यू तिनलाई सन् २०२३ मा आइबिएले जेन्डर टेस्टमा फेल गरेको थियो । 

महिला ६६ केजी तौल समूहको राउन्ड अफ १६ को खेल छाडेपछि एन्जेलाले रूदै रिङ छाडेकी थिइन् । इमानले हात मिलाउन चाहेका थिए । तर, एन्जेलाले रुँदै इन्कार गरिदिइन् । ४६ सेकेन्डमा एन्जेलाले मुक्का भेटेपछि सेफ्टीको लागि लगाइएको गियरचेन फुत्किएको थियो । दोस्रो मुक्कापछि एन्जेलाको नाकबाट रगत नै बगेको थियो ।

इटालियन बक्सर एन्जेलाले रिङबाट हटेपछि बुवाको सम्मानका लागि खेलेको बताएकी छन् । ‘मैले बक्सिङ सधैं बुवाको सम्मानका लागि खेले । अहिले आफ्नो स्वास्थ्य जोगाउन खेलबाटै पछि हट्ने निर्णय गरें,’ उनले सुनाइन्, ‘यो सही थियो या गलत थाहा भएन । महिला प्रतिस्पर्धामा मैले अहिलेसम्म यस्तो पञ्च खाएको छैन । मैलेमात्र आफ्नो काम गरेको हो ।’

यता, इमान र एन्जेलाको खेलअघि नै विभिन्न प्रश्न सुरु भइसकेको थियो । इमानसँगै चाइनिज ताइपेइकी बक्सर लीन यू तिनलाई सन् २०२३ मा आइबिएले जेन्डर टेस्टमा फेल गरेको थियो । 

अस्ट्रेलियन बक्सर क्याटलिन पार्करले इमानलाई महिला प्रतिस्पर्धामा सहभागी गराउन नहुने प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय एमेच्योर बक्सिङका अध्यक्ष उमर क्रेमलेवले इमानलाई निलम्बन गरेको बताएका छन् । निलम्बनपछि उनले अदालतमा मुद्दा दर्ता गराएकी थिइन् । तर, पछि आफैंले मुद्दा फिर्ता लिइन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क एडन्सले दुवै खेलाडीले प्रतियोगिताको नियम पूरा गरेको बताउँदै दुवै जनाको पासपोर्टमा महिला रहेको जानकारी दिएका छन् ।

अस्ट्रेलियन बक्सर क्याटलिन पार्करले इमानलाई महिला प्रतिस्पर्धामा सहभागी गराउन नहुने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो खेलाडी पनि ओलम्पिकमा रहेको र इमानलाई खेलाउने निर्णय सही नभएको बताएका छन् । यस्तो खेलले धेरै नराम्रो घटना निम्त्याउने पनि उनले स्पष्ट पारेका छन् ।

पेरिस ओलम्पिकमा इटालीले ५ स्वर्ण, ८ रजत र ४ कांस्यसहित कुल १६ पदक जितिसकेको छ ।