पुस ६, २०८२ सोमबार | २०:४७:५२
तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै
शनिबारको दिन महेश गुरुङ

नेपाली खेलकुदमा समर्पित ‘महेश सर’

पोखरा । गण्डकी अञ्चलका पूर्वफुटबल खेलाडी महेश गुरुङसँग खेलाडीका रूपमा राष्ट्रिय खेलकुदको कुनै अनुभव छैन । उनी खेल्ने बेलामा राष्ट्रिय खेलकुद सुरु भएकै थिएन । तथापि एउटा पदाधिकारीका रूपमा भने राष्ट्रिय खेलकुद सुरु गर्दादेखिकै साक्षी हुन् उनी ।

२०३८ सालमा पहिलो पटक काठमाडौंमा राष्ट्रिय खेलकुद हुँदा गुरुङ नेपाल बक्सिङ संघमा उपाध्यक्ष थिए । त्यही हैसियतमा खेल व्यवस्थापनका लागि उनले पोखराबाट काठमाडौंको यात्रा गरेका थिए । बक्सिङ खेलमा मात्र उनको उपस्थिति रह्यो ।

आफ्नै सहर पोखराले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला आयोजना गर्दा गुरुङ जत्तिका सक्रिय सामाजिक कार्यकर्ताको व्यस्तता बढ्नु स्वाभाविक थियो । तत्कालीन समयमा पोखराकै सबैभन्दा बढी चलेको अमरसिंह माविका प्रधानाध्यापक गुरुङ पोखरेली समाजका चल्तापुर्जा व्यक्तित्व थिए ।

त्यसको दुई वर्षपछि पोखराले दोस्रो राष्ट्रिय खेलकुद आयोजना गर्दा भने गुरुङको व्यस्तता निकै बढ्यो । समारोह समितिको उपाध्यक्षका साथै एथलेटिक्स, बक्सिङ, पौडी र कबड्डीसहित पाँच खेलको संयोजकको भूमिकामा पनि उनी व्यस्त हुनुपर्यो ।

आफ्नै सहर पोखराले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला आयोजना गर्दा गुरुङ जत्तिका सक्रिय सामाजिक कार्यकर्ताको व्यस्तता बढ्नु स्वाभाविक थियो । तत्कालीन समयमा पोखराकै सबैभन्दा बढी चलेको अमरसिंह माविका प्रधानाध्यापक गुरुङ पोखरेली समाजका चल्तापुर्जा व्यक्तित्व थिए ।

खेलकुदमा उनको बुझाइ र सक्रियता लोभलाग्दो थियो । सभा–समारोहको व्यवस्थापनमा उनको विशेष दखल थियो । नेतृत्वदायी क्षमतामा पनि अब्बल अनि सामाजिक काममा चौबिसै घण्टा व्यस्त भइरहने स्वभाव । पोखरामै हुने दोस्रो राष्ट्रिय खेलकुदमा यिनै विशेषताका कारण गुरुङ तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वको रोजाइमा पर्नु झनै स्वाभाविक रह्यो ।

खेलाडीका रूपमा गण्डकी अञ्चलको टिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिताहरू खेले । राष्ट्रिय टिममा पर्न नसके पनि उनी सम्मिलित गण्डकीको टिमले काठमाडौंमा नर ट्रफी र शुभजन्मोत्सव कपको उपाधि जितेको थियो । कास्की जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष गुरुङपछि एन्फाको केन्द्रीय सदस्य हुँदै सहसचिवसम्म भए । नेपाल भलिबल संघको कार्यसमिति सदस्य तथा बक्सिङ संघमा पनि उनी उपाध्यक्षसम्म भएका थिए ।

‘आफू यहीं हुँदा त कतिपय कुरा सामान्य लाग्छन् । तर विदेशमा हुँदा चाहिँ झनै बढी चासो हुँदोरहेछ । आफू भौतिक रूपमा पनि सामेल भएर केही गरौं भन्ने हुटहुटी हुँदोरहेछ । मलाई विदेसिएपछि त म भावनात्मक रूपमा नेपाली खेलकुदसँग झनै नजिक भएँ कि भन्ने लाग्छ,’ गुरुङ भावुक हुन्छन् ।

फुटबल संघमा सहसचिव भएकै समयमा झन्डै दुई दशकअघि पारिवारिक कारणले गुरुङ बेलायत बसाइ सरे । सम्पूर्ण पोखरामा ‘महेश सर’ भनेर आदरका साथ पुकारिने गुरुङले बेलायतलाई कर्मभूमि बनाएको लामो समय भइसक्यो । तर पनि नेपाली खेलकुदसँगको उनको सम्बन्ध उस्तै छ । भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा अझ गहिरो भएको छ ।

‘आफू यहीं हुँदा त कतिपय कुरा सामान्य लाग्छन् । तर विदेशमा हुँदा चाहिँ झनै बढी चासो हुँदोरहेछ । आफू भौतिक रूपमा पनि सामेल भएर केही गरौं भन्ने हुटहुटी हुँदोरहेछ । मलाई विदेसिएपछि त म भावनात्मक रूपमा नेपाली खेलकुदसँग झनै नजिक भएँ कि भन्ने लाग्छ,’ गुरुङ भावुक हुन्छन् ।

गुरुङ अहिले नवौं राष्ट्रिय खेलकुदका लागि फेरि नेपाल आएका छन् । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद नेपालमा हुँदा पनि त्यसका केही खेल पोखरामा हुने भएपछि उनी कर्मभूमि छोडेर जन्मभूमि आएका थिए । प्रत्येक वर्ष सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकपका लागि उनी नेपाल आइरहन्छन् ।

नेपाली खेलकुदमा पनि खासगरी पोखरेली खेलकुदको श्रीवृद्धिमा उनको ठूलो योगदान छ । पोखरामा रहेर खेलकुदसँगै समाजसेवाको संघर्षमय अभियान थालेको सहारा क्लबलाई अन्तर्राष्ट्रियकरण गर्ने जस उनैलाई जान्छ । उनकै सोचअनुसार सहारा क्लब पोखरा र बेलायती एनआरएन नवीन गुरुङबीच भेट जुर्यो अनि सहारा युके स्थापनाको सोच पलायो । त्यही सोचका कारण त हो, पोखरा बसपार्कको एउटा सानो क्लबले आफैं जग्गा किनेर दोबिल्लामा भव्य एकेडेमी स्थापना गर्न सकेको । समाजसेवा र फुटबलको पर्याय बन्दै देश विदेशमा नाम कमाएको । सामुदायिक पहलमा थुप्रै राष्ट्रिय खेलाडीहरू उत्पादन गरेर दिएको ।

क्रमशः त्यो अभियानले हङकङ र अस्ट्रेलियामा पनि सहारा हङकङ र सहारा अस्ट्रेलियाको रूपमा आकार वृद्धि गरिसकेको छ । सहारा हङकङको स्थापनामा पनि गुरुङको प्रेरणा निकै छ । सहारा हङकङ स्थापनाको क्रममा सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङ र उनी बेलायतबाट हङकङ पुगेका थिए ।

उनै गुरुङ अहिले नवौं राष्ट्रिय खेलकुदका लागि फेरि नेपाल आएका छन् । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद नेपालमा हुँदा पनि त्यसका केही खेल पोखरामा हुने भएपछि उनी कर्मभूमि छोडेर जन्मभूमि आएका थिए । प्रत्येक वर्ष सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकपका लागि उनी नेपाल आइरहन्छन् ।

गण्डकी प्रदेश खेलकुद परिषदबाट यसै सातामात्र निवर्तमान भएका सदस्यसचिव तेज गुरुङको विशेष निमन्त्रणामा गुरुङ नवौं राष्ट्रिय खेलकुदलाई सघाउन आफ्नै खर्चमा नेपाल आएका हुन् । १३औं सागमा पोखरामा भएका खेलहरूको नेपाली टोलीका सेभ दी मिसन तेज गुरुङ थिए । त्यतिबेला पनि उनकै विशेष आमन्त्रणमा गुरुङ नेपाल आएका थिए ।

यसपालि उनी गण्डकी प्रदेशको सल्लाहकारको औपचारिक भूमिकामा आएका हुन् । दोस्रो राष्ट्रिय खेलकुद पोखराले आयोजना गर्दा नेतृत्वदायी भूमिकामा रहेका उनी अहिले भने सहयोगी र सल्लाहकारको भूमिकामा छन् । तयारीको पक्षमा ३९ वर्षअघिको तुलनामा यसपालिको राष्ट्रिय खेलकुद गुरुङको नजरमा फिक्का छ ।

‘त्यो बेला तयारीको पक्षमा सबथोक राम्रो थियो । खेल, तयारी, प्रचारप्रसार, स्वयंसेवक परिचालन, आवास, समारोह सबै हिसाबमा त्यो बेलाको समयअनुसार भव्य थियो । सबै पोखरेलीको अपनत्व थियो,’ गुरुङ भन्छन्, ‘त्यो बेला हामीले समारोहमा मास पिटी गरेर विभिन्न सन्देशहरू दिएका थियौं । समयअनुसार त्यो भव्य थियो । सबै पोखरेलीले आफ्नै सम्झेर सहयोग गरेका थिए । महिनौंदेखि भव्य चहलपहल थियो । अहिले भने पोखरामा त्यो बेलाजस्तो जोस देखिएन् । चहलपहल छैन । पहिलाजस्तो रौनक मैले देखिनँ । यहीं नजिकको मानिसलाई पनि राष्ट्रिय खेलकुद हुँदै छ भन्ने कुराको जानकारी छैन ।’

‘खेलाडी र पदाधिकारीहरूमा जोस उत्तिकै छ । सामान्य मानिसमा खेल सुरु हुन एक हप्ता बाँकी रहँदासम्म पनि चहलपहल देखिएन । सुरु भएपछि होला भन्ने आस गरेको छु,’ खेलाडी डटकमसँगको कुराकानीमा उनले थपे ।

सोमबार पोखराको मुटु चिप्लेढुंगामा मुख्यमन्त्रीले ट्रफी प्रदर्शन गर्दा थोरै मात्र मान्छे थिए । यो यति ठूलो महान पर्वको ट्रफी प्रदर्शनमा दसौं हजार मानिस हुनुपर्ने थियो तर भएन । माछापुच्छ्रेको काखमा १३औं सागका कारण यति राम्रो रंगशाला बनेको थियो । अन्य पूर्वाधार पनि पोखरामा थिए । पोखरेली खेल संस्कार त जति प्रशंसा गरे पनि कम हुने खालको छ । ती सबको सदुपयोग हुनुपर्ने थियो । त्यसको सदुपयोग गर्नुपर्ने हो । तर भएन । सायद यही कारण होला, गुरुङको मन खिस्स भयो ।

‘खेलाडी र पदाधिकारीहरूमा जोस उत्तिकै छ । सामान्य मानिसमा खेल सुरु हुन एक हप्ता बाँकी रहँदासम्म पनि चहलपहल देखिएन । सुरु भएपछि होला भन्ने आस गरेको छु,’ खेलाडी डटकमसँगको कुराकानीमा उनले थपे ।

सहारा युकेका पूर्वमुख्य सल्लाहकार गुरुङ अहिले पोखरेली मञ्च युकेका सल्लाहकार हुन् । भूपू खेलाडी मञ्च पोखरासँग त्यसको भगिनी सम्बन्ध छ । त्यही मञ्चमार्फत गुरुङहरू अहिले बेलायतमा सहयोग जुटाएर पोखरा म्याराथनलाई सघाइरहेका छन् । यसैगरी उनीहरूले रंगशालाको तारबार गर्दा पनि बेलायतमा सहयोग जुटाएर ठूलो रकम सहयोग गरेका थिए । सहारा युकेमार्फत दोबिल्लामा सहारा एकेडेमी निर्माण र हरेक वर्ष आहा रारा गोल्डकप गर्दा पनि उनीहरूले सघाइरहेका छन् ।

बेलायतको रेडिङमा स्थायी बसोबास गर्ने उनी अहिले व्यावसायिक रूपमा सेवानिवृत्त भइसकेका छन् । पूर्ण रूपमा रिटायर्ड । बेलायत सरकारको राष्ट्रिय इन्स्योरेन्स (एनआइ)बाट प्रत्येक महिना झन्डै ५ सय पाउन्ड आउँछ, उमेरमा वर्षौं काम गर्दा तिरेको करको प्रतिफलस्वरूप । त्यसैले उनको जीवन अचेल बेलायत, हङकङ, पोखरा र काठमाडौं अनि समाजसेवा र खेलकुद गर्दै बितिरहेछ ।

यही सेरोफेरोमा नेपालको खेलकुद भ्रमणमा रहेका गुरुङको यसपालिको एउटै उद्देश्य छ, ‘राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सफल पार्ने ।’ यसका लागि आफ्नो तर्फबाट क्षमताले भ्याएसम्म योगदान गर्न तत्पर उनी त्यही भएर तयारी चलिरहँदा रंगशाला परिसरमै व्यस्त भेटिन्छन् ।