मंसिर ५, २०८२ शुक्रबार | ०३:५०:५६
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन एसियाड

१९औं एसियाड स्थगित, नेपालको छनोट अन्योल

काठमाडौं । चीनको हाङझाउमा भदौ २५ देखि असोज ९ सम्म हुने १९औं एसियाली खेलकुद कोभिड–१९ महामारीका कारण सन् २०२३ सम्मका लागि स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले शुक्रबार एसियाड स्थगित गर्ने निर्णय सार्वजनिक गरेसँगै नेपालमा जारी खेलाडी छनोटबारे अन्योल थपिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जेठ २२ देखि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गर्यो । राखेपले यस प्रतियोगितालाई एसियाली खेलकुदका लागि छनोट चरण भएको जनाएको थियो ।

तर प्रतियोगिता आयोजना हुनुअघि नै सहभागी खेलाडीको नाम पठाइ सक्नुपर्ने भएकाले राखेपले अहिले एसियाली खेलकुदमा सहभागी सम्बन्धित खेल संघलाई नै खेलाडीको प्रारम्भिक छनोट गरेर नामावली पठाउन निर्देशन दिएको थियो ।

त्यसअनुसार अहिले विभिन्न संघहरूले छनोट चरण सञ्चालन गरिरहेका छन् भने केही संघहरूले प्रारम्भिक छनोट चरण सम्पन्न गरिसकेका थिए ।

१९औं एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने तय थियो ।

तर, सन् २०१८ यता चार वर्षपछि आयोजना हुन लागेको एसियाडको १९औं संस्करण पनि स्थगित भएको छ । उल्लेख्यनीय संख्यामा सहभागिताको तयारी सुरु गरेको राखेप अब के गर्ने भन्ने अन्योलमा झुम्मिएको छ ।

राखेपका अनुसार २३ खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० व्यवस्थापक सहभागी हुने थिए ।

तर, सन् २०१८ यता चार वर्षपछि आयोजना हुन लागेको एसियाडको १९औं संस्करण पनि स्थगित भएको छ । उल्लेख्यनीय संख्यामा सहभागिताको तयारी सुरु गरेको राखेप अब के गर्ने भन्ने अन्योलमा झुम्मिएको छ ।

त्यसो त नवौं राष्ट्रिय खेलकुद सुरु हुन अब ठ्याक्कै ३० दिन बाँकी छ । र, अहिले छनोट भएका खेलाडीले नै अर्को वर्ष हुने एसियाडमा सहभागिता जनाउने वा नवौं राष्ट्रिय खेलकुदबाट आएका खेलाडीलाई मौका दिने भन्ने दुविधामा राखेप अल्झिएको छ ।

हालसम्म छनोट खेलाडी

बास्केटबल

१९औं एसियाली खेलकुदमा नेपाली महिला बास्केटबल टोलीका लागि ८  महिला खेलाडीको छनोट सम्पन्न भएको छ । बास्केटबलको थ्री बाइ थ्रीमा प्रतीक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, बिनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मीना गुरुङ पहिलो चरणमा छनोट भएका थिए ।

कबड्डी

कबड्डीतर्फ नेपाल कबड्डी संघले २८ खेलाडी छनोट गरेको थियो । कबड्डीमा एपिएफकी सुनीता थापा, प्रहरीकी मानमति विष्ट, आर्मीकी निशा बोहरा, एपिएफकी रविना चौधरी, आर्मीकी मेनुका राजवंशी, एपिएफकी जयन्ती बडु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहे ।

अन्यमा आर्मीका मीना नेपाली र इशा राई, प्रदेश १ का लक्ष्मी विश्वकर्मा, वाग्मती प्रदेशकी बबिता पुकुवाल, एपिएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, वाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, वाग्मतीकी पूजा दुवाल, प्रहरीकी नीतु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेस प्रदेशकी दिव्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको थियो ।

बक्सिङ

१९औं एसियाली खेलकुदका लागि बक्सिङतर्फ १६ पुरुष र १६ महिला खेलाडी गरी कुल ३२ खेलाडीको प्रारम्भिक छनोट सकिएको थियो ।पुरुषतर्फ ५२ केजी तौल समूहमा चन्द्रबहादुर थापा, प्रदीप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी छन ६७ केजी तौल समूहमा सुरज महर्जन, पुरन राई, ईन्द्रबहादुर सुनार र शम्भु राजवंशी छन् । ६३ केजी तौल समूहमा भूपेन्द्र थापा, लालु आले, निशान दास र सोनाम सार्की छन् भने ७५ केजी तौलमा दीपक श्रेष्ठ, सनिल शाही, दिपेश लामा र साजन तामाङ बन्द प्रशिक्षणमा पर्न सफल भएका थिए ।

महिलातर्फ ५१ केजी तौलमा मीनु गुरुङ, ललिता महर्जन, सुष्मा तामाङ र रीता दर्लामी, ५७ केजी तौलमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ छन् । ६० केजी तौलमा संगीता सुनार, पुनम रावल, डेचेन  शेर्पा, वर्षा श्रेष्ठ छन भने ६९ केजी तौलमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनिता थापामगर र निरु गुरुङ छन् ।

एथलेटिक्स

एसियाडका लागि एथलेटिक्सका २० खेलाडीको प्रारम्भिक छनोट भएका छन् । नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट चरण सम्पन्न गरेको हो । म्याराथनमा कृष्ण बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्राधन्के श्रेष्ठ र रेखा विष्ट तथा १०/५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फुलमती राना छनोट भए ।

त्यस्तै ५ हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर तथा ८ सय/१५ सय मिटर दौडमा अजितकुमार यादव, सुनील सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जिव नेपाली छन् ।

भारोत्तोलन

एसियाली खेलकुद लागि भारोत्तोलनका खेलाडीको पनि प्रारम्भिक छनोट सम्पन्न भइसकेकोे छ ।

एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष/महिला खेलाडीको प्रारम्भिक छनोट भए । पुरुष ६१ केजी तौल समूहमा आर्मीका तुलाराम महतो, ६७ केजी तौलमा प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजी तौलमा कञ्चनपुरका विकास भट्ट, ९६ केजी तौलमा प्रहरीका विशालसिंह विष्ट, १ सय ९ केजी तौलमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १ सय ९ केजी तौल समूहमा प्रहरीका सागर भण्डारी छनोट भएका थिए ।

त्यस्तै महिलातर्फ ४९ केजी तौलमा प्रहरीकी संगीता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजी तौलमा बाँकेकी सन्जु चौधरी, ६४ केजी तौलमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकी शारदा चौधरी, ७६ केजी तौलमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि तौलमा प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि तौल समूहमा प्रहरीकी विद्या राई छनोट भएका छन् ।

कुस्ती

एसियाडका लागि कुस्तीमा ७ पुरुष र ८ महिला खेलाडी प्रारम्भिक छनोटमा पर्न सफल भए । पुरुषतर्फ ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, प्रहरीका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र प्रहरीका धर्मेन्द्रप्रसाद यादव छन् ।

महिलातर्फ ६२ केजीमा आर्मीकी सुशीला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरका कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपिएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ प्रारम्भिक छनोटमा पर्न सफल भए ।

जुडो

एसियाली खेलकुदका लागि जुडोमा १४–१४ पुरुष/महिला खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् ।

प्रत्येक तौलबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पहिलो र दोस्रो भएका खेलाडीलाई प्रारम्भिक छनोटमा समावेश गरिएको हो ।

पुरुष ६० केजीमुनि प्रहरीका उमेश मगर र बन्दी सहायता नियोग (पाम)का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ, ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि आर्मीका जंगबहादुर सारु र कैलालीका योगेन्द्र विष्ट, ९० केजीमुनि प्रहरीका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र पर्साका हिमांशु गुप्ता तथा १०० केजीमाथि प्रहरीका राजन जोशी र रन्जेश गोले छनोट भए ।

महिलातर्फ ४८ केजीमुनि आर्मीकी सुमित्रा राई र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकीमाया श्रेष्ठ र एपिएफकी रत्ना तामाङ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आलेमगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपिएफकी देविका खड्का, ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र प्रहरीकी निशा चौधरी, ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरकी अस्मिता गोले छानिए । इन्द्र, देवकी र निशा दाजुबहिनी हुन् ।

कराते

१९औं एसियाली खेलकुदका लागि करातेतर्फ पनि प्रारम्भिक छनोट चरण सम्पन्न भएको छ । हरेक तौलमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।

पुरुषतर्फ ५५–६० केजीमा एपिएफका विजय श्रेष्ठ पहिलो, प्रहरीका सोनाम लामा दोस्रो तथा प्रहरीकै साजन मोक्तान र प्रदेश १ का सन्तोष राई तेस्रो बने । ६७–७५ केजीमा प्रहरीका नवीन रसाइली पहिलो, प्रहरीकै गंगाराम कुशवाहा दोस्रो तथा गण्डकी प्रदेशका प्रतीक घर्ती मगर र प्रदेश १ का ईश्वर राई तेस्रो भए  ।

महिला ४६–५० केजीमा प्रहरीकी सविना श्रेष्ठ प्रथम, आर्मीकी कुसुम खड्का द्वितीय तथा मधेस प्रदेशकी पोर्सिया चौधरी र आर्मीकी मिस्ली श्रेष्ठ तेस्रो स्थानमा रहे । ५५–६१ केजीमा प्रहरीकी सोनी राई पहिलो, एपीएफकी एस्टर राई दोस्रो तथा प्रहरीकी अर्मिला डिसी र वाग्मती प्रदेशकी रोजिता ढुंगेल तेस्रो भए । ६८ केजीमुनि/माथि आर्मीकी सनी तामाङ, प्रहरीकी सुनीता महर्जन तथा वाग्मतीकी विनिता श्रेष्ठ र एपिएफकी अनुपमा मगर क्रमशः शीर्ष तीन स्थानमा रहे ।